‘पुतलीबजारलाई भ्रष्टाचारमुक्त पालिका बनाउनछौं’

स्याङ्जा ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यहाँका प्रतिस्पर्धी उम्मेदवारहरु घरदैलोमा पुगेर मत माग्नमै ब्यस्त छन् । बिभिन्न राजनीतिक दलहरु आ आफना दलगत गुट सहित आ आफना निर्वाचन क्षेत्रमा पुगेर आ आफनै शैलीले मत माग्ने गरेका छन् । निर्वाचन कार्यालयले अन्तिम नामावली प्रकाशसन गरेसंगै यहाँका राजनीतिक दलहरु घर तथा टोलटोलमा पुगेर मत माग्ने अभियानमा जुटेका हुन ।
अघिल्लो पटक पुतलीबजार नगरप्रमुखका उपविजेता नेपाली कांग्रेसका उम्मेदवार तुलसीराम रेग्मी यसपटक आफु निर्वाचित भएमा नगरबासीका आवश्यकता अनुरुपका शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकाससंगसंगै सुशासनयुक्त र भ्रष्टाचार मुक्त पालिका बनाउने अभियानमा रहेको बताए । सदरमुकामसंगै रहेको नगरपालिका अस्तब्यस्त छ प्रमुख उम्मेदवार रहेका रेग्मीले भने,‘५ बर्षे समयसीमा उल्लेख्य कुनै काम हुन सकेनन् ।’ बनेका पनि टिकाउ र राम्रा छैंनन् । विकास निर्माणले गति लिएनन् । साँगुरो राजमार्ग, अब्यवस्थित खानेपानी र ढल निकास, बिभेदयुक्त अनुदान तथा सहयोग बितरण लगायत कार्यकर्तामुखी कार्यक्रमका कारण समग्र नगरबासीका पहुँच भन्दा बाहिर बनाइएकोे पालिकालाई सबैको साझा बनाउनेछ ु उनले भने ।
सबै बर्ग, धर्म र जातजातीलाई समान शिक्षा, उपचार, रोजगार र सीप विकासमा ध्यान दिई नगरपालिकाको बढ्दो बसाई सराईंलाई नियन्त्रणगरी प्राबिधिक तथा उच्च शिक्षालय स्थापना गर्ने उहाका भनाई छ । यसैगरी, उपप्रमुख देवी अर्यालले गृहीणीदेखि कामकाजी सबै महिलाको समान सम्मान सहित उनीहरुका हक, हित, अधिकार, रोजगार र न्यायका पक्षमा काम गर्ने बताए ।
सबै बर्गका महिलाकालागि सम्मान योग्य काम गर्ने, उनीहरुका क्षमता पहिचानगरी रोजगार तथा सीपमूलक तालिम उपलब्ध गराई महिलामुखी रोजगारी सृजना गर्ने पक्षमा रहेको लक्ष्य उनले बताइन् । अघिल्लो पटक १२ सय २० मतान्तरले पराजित भएका रेग्मी यसपटक आफु निर्वाचित हुनेमा आशावादी देखिएका छन् । क्षेत्रीले १० हजार २४९ मत ल्याएर विजयी हुँदा रेग्मीले ९ हजार २९ मत प्राप्त गरेका थिए । यसपटक कांग्रेसप्रतिको जनलहर बढेको रेग्मीले दावी गरे । चौध वटा वडा रहेको यहाँका मतदाता हाल ३७ हजार ७ सय ८ जना छन् ।
अघिल्लो पटक पनि उनी नेकपा एमालेका तर्फवाट हाल पनि उम्मेदवार बनेकी सीमा क्षेत्रीसंगै चुनावी प्रतिस्पर्धामा छन् । यसपटक पनि नेकपा एमालेका तर्फवाट उही पुराना प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखलाई दोहोराएको छ । नेपाली कांग्रेसले पनि अघिल्लो पटककै उम्मेदवारलाई टिकट दिदै रेग्मीलाई पुनः प्रमुख उम्मेदवारी बनाएको हो । उपप्रमुखमा भने अर्याललाई पहिलो पटके हो । उनी नेपाली कांग्रेस महासमिति सदस्य हुन् भने प्रमुख पदका उम्मेदवार रेग्मी क्षेत्र नं. १ का क्षेत्रीय सभापति हुन् ।

 

प्रतिक्रिया