‘वालिङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजना छ’

कविता तिवारी (गैह्रे),
उपमेयर पदका उम्मेदवार,
नेपाली कांग्रेस ।
क) तपाइको उम्मेदवारी किन र जित्ने आधार के के छन् ?

मेरो उम्मेदवारी स्मार्ट सिटीको रुपमा अगाडी बढ्दै गरेको वालिङको हकमा सबै जनताहरुको उन्नति र संमृद्धीका लागि हो । यस्तै मैले गर्ने हरेक काम रचनात्मक ढङग बाट अंकमा गन्न सकिने गरी हुनेछ र जित्ने आधार भनेको नगरको सुदृढीकरणको लागि मेरो योजना प्रष्ट छ । नगरको आर्थिक क्रान्ति, कृषि क्रान्ति र महिला सशक्तिकरणका लागि मेरो उम्मेदवारी हो ।

ख) तपाईलाई वालिङ नगरपालिकाको उपमेयरमा जिताउनै पर्ने प्रमुख कारण के हो ?

मलाई जिताउने पर्ने कारणहरु धेरै छन् । किनभने लामो समयसम्म विभिन्न संघसंस्थाको नेतृत्व लिएर सक्रियतापूर्वक पाएका जिम्मेवारीलाई सफलतापूर्वक मैले सम्पन्न गरेकी छु । त्यस्तै गरी विगतमा पनि विभिन्न एनजिओ र आईएनजिओ मार्फत महिला तथा कृषकहरुलाई आर्थिक रुपमा सम्पन्न वनाउन मेरो महत्वपूर्ण भूमिका रहेको छ । अब हामी रेमिटेन्सको मात्र भर पर्नुहुदैन् । महिला सशक्तिकरण र आर्थिक संबृद्धि मेरो प्रमुख उदेश्य हो । त्यसैले मेरो उम्मेदवारी नगर उपप्रमुखवाट सुरु गरेकी छु । किनभने स्मार्ट सिटीको अबधारणा बोकेको नगरपालिकावाट सकारात्मक सन्देश जिल्लाका ११ वटै तहमा सहज ढंगले पुर्याउन सजिलो हुने हुनाले मैले यो ठाउँ रोजेकी हुँ । व्यक्तिवादी चरित्रको अन्त्य, अग्रजरुले गरेका कामको सम्मान र उहाँहरुको सुझाव साथै समकालिन पुस्ताको साथ र सहयोग, यूवा पुस्ताहरुलाई अवसर प्रदान गर्दै नगरको कामप्रति आर्कषण बढाउन मेरो उम्मेदवारी हो । यहांको विकास र रुपान्तरणका लागि मेरो उम्मेदवारी रहेको हुंदा उपप्रमुखमा मलाई नै जिताउनुपर्ने हुन्छ ।

ग) यदि तपाइले नगरको नेतृत्व पाउनुभएमा के कस्ता योजनाहरु छन ?

मैले उपप्रमुखको रुपमा नगरको नेतृत्व पाएमा ५ वर्षको अवधिमा निम्न अनुसारका कार्ययोजनाहरु राखेकी छु ः डिजिटल युगमा प्रवेस गरिसकेको वालिङ नगरपालिकालाई बर्तमान अवस्थामा सेवाग्राहीहरुलाई तालीमको ब्यबस्था गरी थप प्रबिधीमैत्री बनाउने योजना छ । कृषि र अन्य क्षेत्रको दिगो विकासका लागि साना कृषकहरुलाई आवस्यक परेको बखत उपकरण सहित निसुल्क प्राविधिकको ब्यवस्था गर्नेछु । कुनैपनि महिला दिदिबहीनीहरुलाई जस्तोसुकै दुखपिडा या अन्याय पर्यो भने हाम्रो पछाडी उपमेयर कविता छ भनेर ढुक्क भएर काम गर्ने बाताबरण निमार्ण गर्नेछु । खासगरि युवा उद्यमी बनाउने कार्यक्रम ल्याई, वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्नेछु । वालिङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजना छ । खेतीयोग्य बांझो जमिनलाई उत्पादनमूलक क्षेत्रमा लगाई नमूना स्मार्ट भिलेज निर्माणको योजना मसंग रहेको छ ।

प्रतिक्रिया