कर्मचारीलाई प्रशिक्षण— ‘आचरणमा कमिकमजोरी भए क्षम्य हुदैन’

स्याङ्जा ।
आगामी ३० गते हुने स्थानीयतहको निर्वाचनमा खटिने कर्मचारीको आचरणमा कमिकमजोरी रहेमा क्षम्य नहुने सुझाइएको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दिइएको प्रशिक्षणमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस बसन्तराज पौडेलले हाम्रा व्यवहार, काम र कर्तव्यमा नचुकेर निर्वाचन सम्पन्न गराउन सुझाएका हुन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरण बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सुझाव दिए । चुस्त र स्फूर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो इमान्दारिता र जिम्मेवारी बहन गर्न उनले मतदान स्थलमा खटिने कर्मचारीलाई सुझाए । यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्षरही आआफ्नो भूमिकामा रहनसमेत उनले आग्रह गरे ।

निर्वाचन जस्ता पवित्र कार्यलाई सम्पन्न गर्न र दिइएको काम, कर्तव्य र अधिकारका बन्धनमा बाँधिएर काम गर्नु होला उनले भने, ‘हाम्रा ब्यवहार, आचरणमा कतै कमीकमजोरी भएमा त्यो क्षम्य हुने छैन । तपाईंहरु ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंका साथमा हामी छौं ।’ मतदानका बेल ाझैझमेला आईपर्न सक्छन् अत्यन्तै संयमतापुर्वक काम गर्नुहोला उनले भने ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहभागीलाई कत्ति पनि नआत्तिकन आ आफना जिम्मेवारी पुरा गर्न सुझाव दिए । उनले भने, ‘कामका शिलशिलामा कहिंकतै समस्या आईपरेमा तपाईं हामी सामूहिकरुपमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ । दिइएको जिम्मेवारी पुरा गर्नुहोस् ।’

सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका विधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिईने निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले जानकारी दिए । कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, बिनोद पौडेल, विश्वप्रसाद रेग्मी, गुरुप्रसाद मरासीनीले प्रशिक्षण दिने भएका छन् । मतदानको दिन आउन साता दिन मात्र बाँकी रहदा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो । स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृतसहित १० निर्वाचन अधिकृत छन् । जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदानस्थल तोकिएका छन् । ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन् । जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन् । ती मध्ये १ लाख २३ हजार ८ सय ६८ महिला हुन भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन् ।

खुकुरी सहित युवक प्रहरी नियन्त्रणमा स्याङ्जाको चापाकोट नगरपालिका वडा न २,बस्ने राजिव बिकलाइ नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यलय चापाकोटका डिएसपी खर्ग नारायण शाहले जानकारी दिनु भयो ।ग १६ प ५९८६ न को स्कुटरको डिक्किमा लुकाइ छिपाइ राखेको काठको विड भएको छुरा १ थान इलाका प्रहरी कार्यलय चापाकोट र सशस्त्र प्रहरी बल बेस क्याम्पको विशेष चेकजाँच गर्ने क्रममा विहान ९ बजे नियन्त्रणमा लिएर राखिएको छ ।

प्रतिक्रिया