भीरकोटमा बमको हल्ला, भेटिए २ वटा ढुंगा

भीरकोट ।
जिल्लाको भीरकोट नगरपालिका वडा नं. ६ सुन्दर बजारको क्षेत्र सोमबार बिहान त्रसित रह्यो । कुक्कर बम राखिएको हल्लाले सुन्दरबजारवासीलाई सोमवार बिहान त्राससँगै बिताउनु पर्यो । त्रासमा रहनुपर्ने कारण हो, बम भेटिएको हल्ला । निर्वाचनको संघारमा भएका अन्य कुटपिटका घटनाले बम भेटिएको हल्ला पत्याउन स्थानीय बाध्य थिए ।

उक्त कुकर बम सोमवार बिहान ८ बजे मात्रै नेपाली सेनाले निष्कृय पारेको थियो । कुकरभित्र बम नै हुन सक्ने भन्दै प्रहरीले त्यस क्षेत्रमा सुरक्षा बढायो । बम भनेर निष्कृय पारेको नेपाली सेनाको टोलीले त्यहाँ कुकरभित्र २ वटा ढुंगा फेला पार्यो । यद्यपि यस ठाउँमा नेपाली सेनाको टोली पुगी निष्कृय पार्दा ढुंगा राखेको पाइएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रविन्द्र खनालले बताए । खनालले पुरानो कुकरभित्र ढुंगा राखेर बम भएको हल्ला फैलाइएको बताए । बमको हल्ला फैलाउनमा कुनै अराजक समूहको संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भैरहेको जनाएको छ ।
यता उक्त घटनाको विरोध गर्दै नेपाली काँग्रेस भीरकोटले ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । काँग्रेसले सार्वजनिक गरेको पत्रमा स्थानीय तहको निर्वाचनको संघारमा जनताहरुलाई दिग्भ्रमित गराउने उद्देश्यले सोझा–साझा जनताहरुलाई तर्साउने गरि गरिएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । नेपाली काँग्रेसका नगर सभापति यामप्रसाद अधिकारीद्धारा जारी गरिएको पत्रमा भनिएको छ, यस्ता गलत एवं घटिया क्रियाकलापमा संलग्न व्याक्ति तथा समूहलाई पहिचान गरि तत्काल कारवाही गर्न नेपाली काँग्रेस जोडदार माग गर्दछ । काँग्रेसले यस्ता गलत काममा उद्यत व्यक्ति तथा समुहप्रति सजग र सचेत रहन आम नागरिकहरुमा आग्रह गरेको छ । नेपाली काँगेस सधैं शान्तिपूर्ण निर्वाचनको पक्षमा रहेको उल्लेख गर्दै निर्वाचनको संघारमा शान्तिपूर्ण वातावरणमा खलल पु¥याउने किसीमले गरेको यो क्रियाकलाप ज्यादै निन्दनिय भएको जनाएको छ । हतास र पराजित मानसकिताले आत्तिएकाहरुले आम नागरिकलाई तर्साउने गलत नियतले गरेको यस्ता गतिविधिको नेपाली काँग्रेसले घोर विरोध गर्ने जनाउदै अब बाँकी दिनहरुमा यस्ता निच र गलत प्रवृत्तिका कामहरुमा लाग्नेहरुलाई कारवाही गर्न पछि पर्न हुदैन भन्ने दृष्टिकोण सहित सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया