स्याङ्जामा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध

स्याङ्जा ।
स्याङ्जामा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाइएको छ । जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको आज बसेको बैठकले २७ गते राति १२ बजेदेखि निर्वाचनको परिणाम घोषण नभएसम्मको लागि उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जारी गरेको सूचनामा भनिएको छ, स्थानीय तह निर्वाचन, २०७९ को सन्दर्भमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, गृह मन्त्रालय निर्वाचन सेलको वैशाख २३ को पत्र तथा जिल्ला निर्वाचन सुरक्षा समिति, स्याङ्जाको वैशाख २५ गतेको बैठकबाट स्याङ्जा जिल्लाभर वैशाख २७ गते राति १२ः०० बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय भएको हुँदा यही मिति २०७९ साल वैशाख २७ गते राति १२ः०० बजेदेखि मादक पदार्थ बिक्री वितरण तथा सेवन नगर्नु नगराउनुहुन सम्बन्धित सबैको जानकारी लागि यो सूचना आदेश जारी गरिएको छ ।
यदी कोही कसैबाट यो आदेश विपरितको कार्य गरेको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।

प्रतिक्रिया