मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ जना घाइते

वालिङ ।
स्याङ्जाको वालिङमा मतदाता बोकेको ग २ प ३०२६ नम्बरको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएका १२ जनालाई उपचार गर्न पोखरा लगिएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र खनालले बताए ।
वालिङ नगरपालिका १४ को कोखे अर्खलबासका मतदातालाई जीप चढाएर मतदान केन्द्र थुमपोखरा लैजाँदै गर्दा पञ्चमूलमा जीप दुर्घटना भएको थियो । अर्खलबासका मतदाता मतदान केन्द्र पुग्न हिँडेर करिब डेढ घण्टा लाग्ने स्थानीयले बताएका छन् । मतदान केन्द्र टाढा भएकाले जीप चढेर उनीहरु मतदान केन्द्रतर्फ गएका थिए । मतदाता चढेको जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेहरुमा वालिङ न.पा. १४ पञ्चमुल अर्खलबास बस्ने वर्ष ६३ की माया पुन, वर्ष ९ को प्रविण कुवर, वर्ष ५० को कुलदपि कुवर, वर्ष ५० की डेम कुमारी कुवर, वर्ष ८६ की हरीकला कुवर, वर्ष ५० की टेककला कुवर, वर्ष २५ की जमुना कुवर, वर्ष ७० की भिमकला कुवर, वर्ष ७० की मुवा कुमारी कुवर, वर्ष ४३ की पोट कुमारी कुवर, वर्ष ४३ की जानुका कुवर, वर्ष ४२ की ज्ञान दली कुवर, वर्ष ५० की मिना कुवर र फुल देवि कुवर रहेका छन् ।
घाईतेहरुको पोखरा गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको तथा सबैको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाईते हुनेहरुमा वालिङ न.पा.१४ पञ्चमुल अर्खलबास बस्ने वर्ष नखुलेको बेलमाया कुवर, चालक ऐ ऐ बस्ने भुल वहादुर कुवर, गौमती थापा, ज्ञान माया कुवर, सरस्वती कुवर, कविता कुवर, अनिष कुवर, कुशल कुवर, ज्यामकली कुवर, कौशल कुवर, सिता कुवर र नेत्रवहादुर कुवर रहेका छन् । घाईते तथा मृत्यू हुनेहरु सबै एउटै गाँउका वासिन्दा हुन् । नजिकै ठुलो दुर्घटना भएपनि त्यहाँको मतदान केन्द्रमा निर्वाचन भने सुचारु रहेको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत बसन्त पौडेलले जानाकारी दिए ।
प्रतिक्रिया