स्याङ्जामा दुई पालिकामा एमाले बिजयी

स्याङ्जा ।

स्याङ्जाको हरिनास गाउँपालिका र कालीगण्डकी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुन एमाले बिजयी भएको छ । हरिनास गाँउपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर र कालीगण्डकी गाँउपालिकामा खिमबहादुर थापा अध्यक्षमा पुन दोस्रोपटक निर्वाचित भएका हुन् । यसअघि ५ वर्ष गाउँपालिकाको नेतृत्व सम्हालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका टोपबहादुर भुजेल ‘टोपा’लाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा विजयी मानन्धरले ४ हजार ७ सय ६९ मतप्राप्त गरेका थिए भने काँग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मतप्राप्त गरेको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।
कालीगण्डकी गाँउपालिकामा दोस्रो पटक बिजयी बनेका खिमबहादुर थापाले ५ हजार ७ सय मतप्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका माया रानाले ५ हजार ५५ मत प्राप्त गरेकी थिइन् । १ हजार ५ सय ४५ मतान्तरले थापाले रानालाई पराजित गरे ।

हरिनास गाँउपालिको उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । विजयी रानाले ४ हजार ७ सय ४० मतप्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मतप्राप्त गरेकी छन् । यसै गरी कालीगण्डकी गाँउपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला बिजयी भएकी छन् । उनी पनि दोस्रोपटक पुन बिजयी भएकी हुन् । कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गरेकी थिइनु भने उनका प्रतिद्धन्दी जनमुक्ति पाटीका बमबहादुर लामिछानेले ४ हजार ३ सय ८० मत प्राप्त गरेका थिए । १ हजार ३ सय ९३ मतान्तरले कोइरालाले बिजयी हासिल गरेकी छन् ।

हरिनास गाउँपालिकाका ७ वटा वडामध्ये १ मा काँग्रेसका इन्द्रबहादुर गुरुङ, २ मा काँग्रेसकै चित्रबहादुर थापा, ३ मा एमालेका ओमप्रकाश सिग्देल, ४ मा एमाले कै सन्तबहादुर थापा, ५ मा काँग्रेसका निर्मल लम्साल, ६ मा एमालेका विरबहादुर राना र ७ मा एमालेकै भरत थापा विजयी भएका छन् । कालीगण्डकी गाँउपालिकामा ७ वडा मध्ये नेपाली काँग्रेसले ४ र एमालेले ३ वटा वडामा बिजयी हासिल गरेका छन् । १ मा एमालेका कृष्ण्णबहादुर लामिछाने, २ मा नेपाली काँग्रेसका खगिसरा आले, ३ मा एमालेका देवेन्द्र थापा, ४ मा नेपाली काँग्रेसका यादवप्रसाद पाण्ड े(सुन्दर), ५ मा काँग्रेसका रुकबहादुर गाहा, ६ मा एमालेका सुन्दर अधिकारी र ७ मा काँग्रेसका उमप्रकाश भट्टराई बिजयी भएका छन् ।

 

प्रतिक्रिया