स्याङ्जामा गाँउमा एमाले, नगरमा काँग्रेस बिजयी

स्याङ्जा ।
स्याङ्जामा मतपरिणाम आउनेक्रम जारी छ । अहिले सम्म स्याङ्जामा ५ पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमध्ये गाँउपालिकामा नेकपा एमालेले बिजयी हासिल गरेको छ भने २ नगरपालिकामा नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ । एमालेको बलियो नगर मानिएको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुखमा बिजयी हासिल गरेको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रेलाई नेपाली काँग्रेसका गुरुप्रसाद भट्टराईले ७८९ मतान्तरले पराजित गरे । भट्टराईले ९ हजार ६ सय २१ मत प्राप्त गर्दा गैह्रेले ८९२२ मत प्राप्त गरे । यसै गरी उपप्रमुखमा नेकपा एमालेका देवीसरा थापालाई नेपाली काँग्रेसका हेमा न्यौपानेले २३ मतान्तरले पराजित गरेकी छन् । न्यौपानेले ९ हजार १ सय १८ मतप्राप्त गर्दा थापाले ९ हजार ५५ मत प्राप्त गरेकी थिइन् ।

जिल्लाको मध्यभागमा रहेको भीरकोट नगरपालिकामा ८ वडा सहित नेपाली काँग्रेसले बिजयी हासिल गरेको छ । ९ वडा रहेको भीरकोटमा एक वडा अध्यक्ष बाहेक ४६ जना प्रतिनिधिमा नेपाली काँग्रेसका उम्मेदवार बिजयी भएका हुन् । भीरकोट नगरको प्रमुखमा नेपाली काँग्रेसका गोविन्दकुमार कर्माचार्य र उपप्रमुखमा भगवती अर्याल रेग्मी बिजयी भएका छन् । कर्माचार्यले ६५०४ मतप्राप्त गरेका थिए । उनका प्रतिद्धन्दी नेकपा एमालेका विश्वनाथ अर्यालले ५६६९ मतप्राप्त गरेका थिए । ८३५ मतान्तरले अर्याललाई कर्माचार्यले पराजित गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसका भगवती अर्याल रेग्मीले ७१९७ मत प्राप्त गरेकी थिइन् भने उनको प्रतिद्धन्दी ४९२८ मत प्राप्त गरेकी थिइन् । अर्यालले अधिकारीलाई २२६९ मतान्तरले पराजित गरेकी छन् ।

स्याङ्जाको हरिनास गाउँपालिका, कालीगण्डकी गाँउपालिका र फेदिखोला गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुन एमाले बिजयी भएको छ । हरिनास गाँउपालिकामा नेकपा एमालेका खिमनारायण मानन्धर, कालीगण्डकी गाँउपालिकामा खिमबहादुर थापा र फेदिखोला गाँउपालिकामा घनश्याम सुवेदी अध्यक्षमा पुन दोस्रोपटक निर्वाचित भएका हुन् । यसअघि ५ वर्ष गाउँपालिकाको नेतृत्व सम्हालेका मानन्धरले प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका टोपबहादुर भुजेल ‘टोपा’लाई ३७ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा विजयी मानन्धरले ४ हजार ७ सय ६९ मतप्राप्त गरेका थिए भने काँग्रेसका भुजेलले ४ हजार ७ सय ३२ मतप्राप्त गरेको निर्वाचन अधिकृत घनश्याम सुवेदीले जानकारी दिए ।

कालीगण्डकी गाँउपालिकामा दोस्रो पटक बिजयी बनेका खिमबहादुर थापाले ५ हजार ७ सय मतप्राप्त गरी बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका माया रानाले ५ हजार ५५ मत प्राप्त गरेकी थिइन् । १ हजार ५ सय ४५ मतान्तरले थापाले रानालाई पराजित गरे ।

हरिनास गाँउपालिको उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थापा राना विजयी भएकी छन् । नेकपा माओवादीकी मिठु लम्साललाई २४ मतले पराजित गर्दै उनी विजयी भएकी हुन् । विजयी रानाले ४ हजार ७ सय ४० मतप्राप्त गरेकी छन् भने लम्सालले ४ हजार ७ सय १६ मतप्राप्त गरेकी छन् । यसै गरी कालीगण्डकी गाँउपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै सावित्रा कोइराला बिजयी भएकी छन् । उनी पनि दोस्रोपटक पुन बिजयी भएकी हुन् । कोइरालाले ६ हजार २ सय २३ मत प्राप्त गरेकी थिइनु भने उनका प्रतिद्धन्दी जनमुक्ति पाटीका बमबहादुर लामिछानेले ४ हजार ३ सय ८० मत प्राप्त गरेका थिए । १ हजार ३ सय ९३ मतान्तरले कोइरालाले बिजयी हासिल गरेकी छन् ।
फेदिखोला गाँउपालिकामा नेकपा एमालेका घनश्याम सुवेदीले ३८३६ मत प्राप्त गरी बिजयी हासिल गरेका छन् । सुवेदीका प्रतिद्धन्दी नेपाली काँग्रेसका लक्ष्मीप्रसाद बरालले ३७०४ मत प्राप्त गरेका थिए । यसै गरी उपाध्यक्षमा नेकपा एमालेका देउकुमारी गुरुङले ३९७८ मतप्राप्त गरेकी थिइन् भने माओवादीका शिव पराजुलीले २३७९ मतप्राप्त गरेका थिए । सुवेदीले १३२ मतान्तरले काँग्रेसका बराललाई पराजित गरेका थिए भने गुरुङले १५९९ मतान्तरले पराजुलीलाई पराजित गरेका थिए । ११ पालिका रहेको स्याङ्जामा ७ पालिकाको मतपरिणाम भने आउने क्रम जारी छ । दुई गाँउपालिकाको मंगलवार सम्म मतपरिणाम सार्वजनिक हुने अनुमान गरिएको छ भने ३ नगरपालिकाको अझै केही दिन लाग्ने अनुमान गरिएको छ । मतपरिणाम आउन बाँकी रहेका पालिकाका अधिकांशमा नेपाली काँग्रेसले अग्रता हासिल गरेको छ ।

 

 

प्रतिक्रिया