भीरकोट नगरपालिकाका प्रमुख कर्माचार्य र उपप्रमुख अर्यालले गरे पदभार ग्रहण

भीरकोट ।
जिल्लाको भीरकोट नगरपालिकाका नयाँ जनप्रतिनिधिहरुले पदबहाली गरेका छन् । जिल्लाको मध्य भागमा रहेको भीरकोट नगरपालिकाको नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र उप प्रमख भगवती रेग्मी अर्यालले शुक्रबार पदभार ग्रहण गरेका हुन् । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट भीरकोट नगरपालिकाको नगर प्रमुखमा कर्माचार्य र उपप्रमुखमा अर्याल निर्वाचित भएका थिए । बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिश बसन्तराज पौडेलले सपथ ग्रहण गराएपछि भीरकोट नगरपालिकाको कार्यालयमा दुबै जनाले पदभार ग्रहण गरेका हुन् ।

प्रतिक्रिया