वालिङ नगरप्रमुख खांणद्धारा ४३ औँ पटक रक्तदान

वालिङ ।
वालिङ नगरप्रमुख कृष्ण खांणले ४३ औँ पटक रक्तदान गरेका छन् । हरेक संघसंस्थाद्धारा आयोजित रक्तदान कार्यक्रममा रगतदान गर्दै आएका नगरप्रमुख खांणले शनिबार रोटरी क्लब अफ वालिङद्धारा आयोजित रक्तदान कार्यक्रममा ४३ औँ पटक रक्तदान गरेका हुन् । रगतदान जिवनदान भएकाले आँफु हरेक रक्तदान कार्यक्रममा गएर रक्तदान गर्दै आएको नगरप्रमुख खांणले बताए । हामीले गरिएको रगतदानले अस्पतालमा रगतको अभावमा मृत्युसंग लडिरहनु भएकाहरुलाई नयाँ जिवन मिल्नेछ भन्ने विश्वासका साथ म हरेक यस्ता कार्यक्रममा सहभागि भएर रगतदान गर्दै आएको खाँणको भनाई छ ।

विगत १ महिनादेखि सबैको ध्यान निर्वाचनमै केन्द्रित भईरहेका बेला रोटरीले रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलनको वातावरण सृजना गरेको भन्दै क्लबप्रति धन्यवाद व्यक्त गरे । नगरपालिकाले यस्ता सामाजिक तथा रचनात्मक कार्यमा हरेक संघसंस्था तथा क्लबहरुसंग सहकार्य गर्दै अगाडि बढने प्रतिवद्धता खाँणको छ । वालिङ १० फुलबारीस्थित डायलाईसिस सेन्टरमा आयोजित कार्यक्रममा नगरप्रमुख खांणले रक्तव्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको उद्दघाटन समेत गरेका थिए ।
‘रक्तदान जिवन दान’ भन्ने नाराका साथ रोटरी क्लबले गणतन्त्र दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष युवराज पाठकले जानकारी दिए । क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार प्रसार मतगणना, विजयी ¥यालीलगायत निर्वाचनमै सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम संचालन हुन सकिरहेको थिएन । रगतको अभाव भईरहेको विषम परिस्थितिमा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको कोषाध्यक्ष गणेश राउतले बताए । रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । संकलित ७१ युनिट रगत पोखरा लगिएको छ । कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीहरुलगायत विभिन्न व्यक्तिहरुले रक्तदान गरेका थिए ।
सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्धसामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फुलबारीमा निशुल्क डायलाीईसिस सेवा प्रदान गरिहेको छ । डायलाईसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निशुल्क डायलाईसिस गराईरहेका छन । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङजाका मुटुरोगीले सेवा लिईरहेका छन । उदघाटन कार्यक्रममा पेखु बाघखोर रेडक्रस उपसाखाका सभापति विष्णुप्रताप खांण, आँधीखोला उपसाखाका सभापति विद्या श्रेष्ठलगायतको सहभागिता थियो । कार्यक्रम क्लबका अध्यक्ष युवराज पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव सिता पाण्डेले गरेकी थिइन् ।

 

प्रतिक्रिया