वालिङ नगर कार्यपालिकामा काँग्रेस र माओवादीका उम्मेदवार विजयी

वालिङ ।
वालिङ नगर कार्यपालिकामा नेपाली काँग्रेस र माओवादीका उम्मेदवार विजयी भएका छन् । सोमबार भएको निर्वाचन नगर कार्यपालिकाको महिला, दलित वा अल्पसङ्सख्यक आठै सदस्यमा नेपाली काँग्रेस र माओवादीको पुरै टोली विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
दलित वा अल्पसंख्यकमध्ये नेपाली काँग्रेसका लोक बहादुर कुमाल, हरिलाल विक र माओवादीका भक्त बहादुर गोतामे, महिला सदस्यमध्ये नेपाली काँग्रेसकी जुनु थापा, देवीमाया विक, भगवती पाण्डेय, युगमाया पंगेनी र सीता विक कार्यपालिकामा निर्वाचित भएका छन् ।

प्रतिक्रिया