वालिङलाई ‘एक घर, एक मौरी’घार अभियान
स्याङ्जा ।
वालिङ नगरपालिकाले मौरीपालक किसानलाई घार बितरण गरेको छ । व्यवसायीक रुपले मौराी पाल्दै आएका किसानलाई खाली घार र शुरु गर्नलागेका किसानलाई मौरीको गोला सहितको घार बितरण गरेको हो । वालिङ मौरी चरन क्षेत्रको राम्रो स्थान भएकाले महको उत्पादनलाई बढवा दिन नगरपालिकाले यो अभियान शुरु गरेको कृषि शाखाका प्रमुख सुभाषचन्द्र अर्यालले बताए । हामीले पहिला सहकारी र समुह मार्फत मौरीका घार बितरण गरेका थियौ अर्यालले भने,‘बिस्तारै यहाँका किसानमा मौरी पालनमा रुची बढ्न थाल्यो ।’ अहिले कृषि शाखाले मौरी पालकलाई खाली र मौरी पाल्न रुची गर्नेलाई गोला सहितको घार बितरण गरेका हौं उनले भने ।
मौरी पाल्न इच्छुक किसानलाई वडातह सम्म पुगेर नाम संकलन पछि घार बितरण भएको अर्यालले बताए । ‘एक घर, एक मौरी घार’ को घार अभियान संचालन गरेर वालिङ नगरपालिकाले महमा आत्मनिर्भर बनाउन लागेको छ । नगरबाट लगेका किसानहरुले मौरी पालन व्यवसायलाई सजिलो भएको मानेपछि अहिले मौरीका घार माग्ने किसानको माग बढ्दो रहेको छ । सेरेना जातको मौरी किसानलाई दिइएको छ । अत्यन्तै जागरिलो र मौसम अनुसार काम गर्न क्षमता भएको मौरी भएकाले वालिङका किसानलाई सेरेना जातको मौरीका घार दिएको शशाखा प्रमुख अर्यालले बताए । उनका अनुसार यो आर्थिक बर्षमा ५८ खाली र ३८ मौरीको गोला सहितको घार वितरण गरेको बताए ।
किसानको इच्छा अनुसारको व्यवसायमा लगानी गर्ने गरी आगामी आर्थिक बर्षमा कार्य योजना बनाउने तयारीमा नगरपालिका रहेको वालिङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कृष्ण खाँणले बताए । किसानलाइृ मौरीका घार वितरण गर्दै नगर प्रमुख खाँणले नगरपालिकालाई उद्यमीको शहर बनाउने योजनामा रहेको बताए । नगरपालिकाका सबै नगरवासी नागरिकलाई आयमा जोड्ने हाम्रो संकल्प हो नगर प्रमुख खाँणले भने,‘मौरी पालन पनि एउटा आयआर्जन गर्ने व्यवसाय हो ।’ यसको संरक्षण र यो व्यवसायमा चासो राखेमा राम्रो आम्दानीको श्रोत बन्ने छ उनले भने । हरीयाली जंगल र मौरीको चरनका लागि पाईने बनस्पतिले यो व्यवसाय फस्टाउने विश्वास नगरपालिकाले लिएको खाँणको भनाई छ ।
आर्थिक बर्ष २०७९÷०८० का लागि वालिङ नगरपालिकाले छुट्टै प्याकेज अनुसार मौरीका घार वितरण योजना तयारी गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत राजन भट्टराईले बताए । क्षेत्र, मौसम र माटो अनुसारको कृषि व्यवसायमा लगानी गरी नगरवासीको आयआर्जनको माध्यम बनाउन नगरपालिका लागिरहेको दावी भट्टराईको छ ।
प्रतिक्रिया