उद्यमीलाई मौरीका घार र मेसिन
भीरकोट ।
अर्जुनचौपारी गाँउपालिकाले महिला र पुरुष उद्यमीलाई गोला सहित आधुनिक मौरीका घार र अचार बनाउने शिलिङ् मेसिन वितरण गरेको छ । २०७७÷०७८ मा मौरी पालन तालिम र अचार बनाउने तालिम लिएका उद्यमीलाई एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरेको हो । गाँउपालिकाले संचालन गरेको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तर्गत तालिम प्रदान गरेको थियो ।
सामाग्री वितरण गर्दै गाँउपालिकाका अध्यक्ष प्रकाश तिवारीले गाँउपालिकामा आयआर्जनका लागि छुट्टै प्याकेज अगाडी सार्ने बताए ।
गाँउपालिका बेरोजगार युवालाई उद्यमी बनाउन चाहान्छ अध्यक्ष तिवारीले भने,‘युवायुवतीको चाहाना अनुसारका तालिम प्रदान गर्ने योजनामा पालिका छ ।’ जसले सिकेको सिपलाई आयआर्जनमा जोड्ने छ र रोजगारमुलक बन्ने छ उनले भने । जनतामा आयआर्जन गर्ने माध्यम बनाउने जिम्मेवारी गाँउपालिकाको भएको भन्दै अध्यक्ष तिवारीले यसमा सबैले चासो दिएर साथ दिन आग्रह गरे ।
गाउँपालिका वडा नं.१ का वडाध्यक्ष रण बहादुर थापा ज्यूको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा १० जनालाई मौरीका घार र ४ जनालाई अचार बनाउने मेसिन हस्तान्तरण गरिएको थियो । १४ जनाले २ बर्ष अगाडी तालिम लिएका थिए । पुराना उद्यमीलाई पुरानो कार्यक्रम अन्तर्गत गाँउपालिकाले सामाग्री वितरण गरेको हो ।
प्रतिक्रिया