आँधीखोला लघुवित्तको वजेट तर्जुमा गोष्ठी
भीरकोट ।
स्याङजा जिल्लाको भीरकोट न.पा.–१ वयरघारीमा केन्द्रिय कार्यालय रहेको आँधिखोला लघुवित्तले वजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । यस लघुवित्तले ११ जिल्लामा १९ कार्यालय मार्फत कार्यक्रम संचालन गरिरहेको छ । यस संस्थाले आ.व २०७८÷७९ को तेश्रो त्रैमासिक समिक्षा तथा आ.व २०७९÷८० को वजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रम जेठ २२ गते देखि २४ गते सम्म संचालन भएको थियो । आर्थिक तरलताको कारण वैकिङ जगतमा परेको प्रभाव वाट कर्मचारीको मनोवल खस्कन नदिनका लागि र ग्राहकहरुको संरक्षणका लागि संस्थाले आगामी दिनमा खेल्नुपर्ने भुमिकाका वारेमा समेत छलफल गरेको वताईएको छ । कार्यक्रममा १९ वटा शाखाका शाखा प्रमुखहरु लगायत संस्थाका अध्यक्ष तथा लघुवित्त वैकर्स संघका कोषाध्यक्ष नरेश के.सी, प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी., नायव कार्यकारी प्रमुख वावुराम कुँवर लगायत विभागिय प्रमुखहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन योजना तथा अनुगमन विभाग प्रमुख कुलदेव लामिछानेले गरेका थिए ।
कार्यक्रममा वोल्दै संस्थाका अध्यक्ष नरेश केसीले लघुवित्त क्षेत्रको वर्तमान समस्या तथा चुनौतीका वारेमा प्रकाश पार्दै, कर्मचारीलाई थप जिम्मेवार र लगनशिल भई काम गर्नका लागि सुझाएका थिए । प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले संस्थामा भाखा नाघेको कर्जा वढिरहेको अवस्थालाई मध्यनजर गरी कर्जा अशुलीका लागि प्रभावकारी तवरले लाग्नका लागि निर्देशन दिएका थिए । नायव कार्यकारी प्रमुख वावुराम कुँवरले वजेट तर्जुमा गोष्ठीले संस्थाको आगामी वर्षको कार्यदिशा तय गरेको र यसको प्रभावकारी कार्यन्वयनको लागि सवै कर्मचारी लगनशिल भई ईमान्दारीतापुर्वक लाग्नु पर्ने कुरामा जोड दिएका थिए । संस्थामा हाल २१ हजार ग्राहक सदस्यहरु मध्ये १० हजार ५सय भन्दा वढि सदस्यले करिव १ अर्व ३८ करोड कर्जा लिई व्यवसाय संचालन गरिरहेको र वचत परिचालन ४६ करोड भन्दा वढि रहेको समेत कुँवरले वताए ।
प्रतिक्रिया