नगर प्रमुख खाँणले भने—नागरिकको स्वास्थ्य सवलीकरण हुनुपर्छ

मणिप्रसाद अर्याल
वालिङ ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले मानवश्रोतको विकासबिना सामाजिक विकास नहुने बताएका छन् । सोमबार मेडिक मोबाइलको सहयोग, स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वय तथा वालिङ नगरपालिकाद्वारा आयोजित मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल स्वास्थ्य कार्यक्रमको अभिमुखिकरण तथा समीक्षा बैठमा नगरप्रमुख खाँणले स्वास्थ्य क्षेत्रको विकास नै सामाजिक विकासको आधारस्तम्भ भएको बताएका हुन् । नगरप्रमुख खाँणले स्थानिय सरकारको पहिलो लक्ष्य नागरिकको स्वास्थ्य सबलिकरण हुनुपर्छ भन्ने ध्येय बोकेको छ भन्दै खाँणले वालिङ नगरपालिका नागरिकको स्वास्थ्य सबल बनाउन सबै उपाय अबलम्बन गर्ने पक्षमा छ ।

स्वस्थ नागरिकले स्वस्थ जनशक्ती उत्पादन गर्न सक्छ खाँणले भने,‘स्वस्थ जनशक्तिले मात्र विकास निर्माणका काममा योगदान दिन सक्छ ।’ त्यसैले नागरिकको पहुँचमा स्वास्थ्य क्षेत्र पुग्नुपर्छ उनले भने ।
मानव स्वास्थ्य सबल राख्न पोषण, शारीरिक व्यायाम लगायतका पक्षमा ध्यान दिनुपर्ने उल्लेख गर्दै नगरप्रमुख खाँणले गर्भावस्थादेखी नै शिशुको स्वास्थ्य राम्रो बनाउन आवश्यक सम्पुर्ण बिधिको प्रयोग गर्न स्वास्थ्यकर्मिहरुलाई आग्रह गरे । शारीरिक, मानसिक तथा संवेगात्मक स्वास्थ्य सबलिकरणका लागि आवश्यक सीप, प्रबिधी तथा अन्य पक्षको विकास गर्न नगरपालिका तयार रहेको भन्दै यसमा लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । कार्यक्रममा नगर उपप्रमुख कविता तिवारीले नागरिकको स्वास्थ्य सबल बनाउन नगरले नीति तथा कार्यक्रम नै बनाएर अगाडी बढ्ने बताइन् ।

उनले मातृशिशु सुरक्षाको लागि स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका उल्लेखनिय हुने भएकोले गर्भवती महिलाहरुको स्वास्थ्य जोखिमलाई हेरेर उनीहरुको स्वास्थ्य सबल बनाउन आवश्यक काम गर्न आग्रह गरिन् । समीक्षा बैठमा वालिङ नगरपालिकाका प्रमुख प्राशकिय अधिकृत राजन भट्टराईले पछिल्लो समयमा आत्महत्याको दर बढिरहेकोले त्यसको न्यूनीकरणमा सबैले जोड दिन आग्रह गरे । स्वास्थ्यका मापदण्ड अनुसारको जिवनशैलीका लागि चाहिने सचेतनामुलक कार्यक्रम तथा स्वास्थ्य सेवा प्रवाहमा वालिङ नगरपालिकाले सम्पुर्ण कदम चालेको उल्लेख गर्दै अझै परिमार्जित रुपमा नीति तथा कार्यक्रम बनाइने भट्टराईले जानकरी दिए ।

प्रतिक्रिया