मेरा तस्विर जलाईदिनु

माला थापा क्षेत्री,
भीरकोट, ५ ।

यदि म मरे भने मेरा तस्बिरहरु जलाइदिनु ।
मैले प्रयोग गरेका समानहरु नदिमा बगाइदिनु ।।
म चहान्न कोहि मेरा कपडामा सजिएर हिडेको ।
तिम्लेनै आगो लगाउन नसके कोहि निष्टुरिलाई सलाई दिनु ।।

मेरो नजिक आउन लागे बाटो अन्त मोडिदिनु ।
जे जस्तो सम्बन्ध भयता पनि नाता सबै तोडिदिनु ।।
मेरो मासुको थुप्रैले नै सबैलाई आकर्षित ग¥यो होला ।
त्यसैले त म मरे मेरो लास गिद्द सामु छोडिदिनु ।।

मलामि भइ समाज सबै भार पर्न नगैदिनु ।
सके ४ नत्र २ थोपा आशु घरमै बसि बगाइदिनु ।।
श्रद्धान्जली प्रकट गर्दै फोटोमा फुलमाला लगाइदिनु ।
आत्मबल बढाउन घरमा सबैलाई सम्झाइदिनु ।।

गिद्दको सामु मेरो लास जादा आन्दित भइ खुसि पाउनेछ ।
को को ले के के गर्यो भन्दै मेरो आत्मा तिमिहरुलाई हेर्न आउनेछ ।।
विश्वास गर परिवर्तनका लागि एक जना मर्दैमा केहि हुदैन यंहा ।
पापी समाज न हो मरे पछि वाह वाह भन्दै मेरै गीत गाउनेछ ।।

प्रतिक्रिया