कर नबुझाएका सवारीले आगामी फागुन मसान्तसम्म कर बुझाए जरिवाना छुट
पोखरा।
गण्डकी सरकारले वार्षीक ३ सय जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारीदिने उत्पादनमुलक उद्योग स्थापना गर्न वा बिस्तार गर्नका लागि जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखितमा पूर्ण छुट दिइने जनाएको छ ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले बुधबार पेश गरेको बजेटमा वार्षीक ३ सय भन्दा बढीलाई रोजगार दिने उद्योग र व्यवसायिक कृषि तथा उद्योग व्यवसायको नाउँमा जग्गा खरीद गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कको लिखितमा पूर्ण छुट दिइने जनाएका हुन्।
यस्तै, आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ सम्म नियमानुसार सवारी साधन कर नबुझाएका र नवीकरण नगरेका सवारी साधनको २०७९ फागुन मसान्तसम्म सवारी साधन कर बुझाउन आएमा लाग्ने जरिवानामा छुट दिइनेछ ।
यसैगरी, घर जग्गा कारोवारमा जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा सहादत्त प्राप्त गरेका शहिद र बेपत्ता परिवारका आश्रित पतिपत्नी, छोराछोरी तथा मातापिताको नाउँमा स्वामित्व प्राप्त हुनेगरी पारित लिखतमा लाग्ने सबै प्रकारको शुल्क पूर्ण रुपमा छुट दिईने मन्त्री बरालले बताए।
प्रतिक्रिया