नीति तथा कार्यक्रमको पूर्व सन्ध्यामा वालिङ नगरपालिकाद्वारा सुझाव सङ्गलन

वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकाले आ.व.२०७९÷०८० को नीति तथा कार्यक्रमको विषयमा अन्तक्र्रिया सम्पन्न गरेको छ । मङ्गलबार नगरसभाहलमा आयोजित कार्यक्रममा आ.व.२०७९÷०८० को नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयहरुको सुझावहरु सङ्कलन गरिएको छ । कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले नागरिकहरुले उठाएका विषयमा नगरपालिकाले विशेष प्राथमिकताका साथ योजना बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले नागरिकहरुको रायबाट नै नगरको चौतर्फी विकास गर्न सकिने उल्लेख गर्दै टोल ÷टोलमा भएका समस्याहरुलाई जनप्रतिनिधिहरुमाझ जानकारी गराउन अनुरोध गरे । नगर विकासमा समग्र नगरबासी र जनप्रतिनिधिबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नगरप्रमुख खाँणले समस्यालाई समाधान गर्न सबैले हातेमालो गर्नुपर्ने सुझाव व्यक्त गरे ।

उनले सीमित बजेटको परिधिमा रहेर नागरिकका धेरै कामहरु गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकोले नगरको नीति तथा कार्यक्रममा नागरिकका आवश्यकतालाई समेट्ने प्रयास सदैव रहने विश्वास दिलाए । कार्यक्रममा नगरउपप्रमुख कविता गैह«ेले नगरपालीकाले हरेक आर्थिक वर्षमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा महिला सशक्तिकरण,स्वरोजगार तथा न्यायिक पक्षलाई महत्वका साथ अवलम्बन गरिने बताइन् । स्मार्ट नगरका स्मार्ट नागरिक बनाउने अभियानलाई सार्थक बनाउन आवश्यक कार्यक्रम, नीति तथा बजेटको व्यवस्था गरिने नगर उपप्रमुख गैह«ेको भनाई छ ।

छलफलमा निर्वतमान नगर उपप्रमुख कल्पना तिवारी, नेपाली काँग्रेस जिल्ला उपसभापति केदार काफ्ले, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेपाली काँग्रेसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका बक्ताहरुले आफ्नो धारण सुझाव दिएका थिए । वालिङ नगरपालिकाले आ.व.२०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । नीति,कार्यक्रम तथा बजेट माथिको छलफल कार्यक्रममा नागरिकहरुले खानेपानी, ढल निकास, सडक स्तरोन्नती, फोहोरमैला व्यवस्थापन तथा स्वरोजगारका विषयमा सुझाव दिएका छन् । छलफलमा वालिङ स्थित उद्योगी व्यवसायी, राजनीतिकदल, पत्रकार, वर्तमान र निवर्तमान जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । झण्डै एकदर्जन भन्दा बढी नागरिकले सझाव पेश गरेका थिए ।

प्रतिक्रिया