आँधीखोला गाँउपालिकाले दियो किसानलाई हाते ट्याक्टर
वालिङ ।
आँधीखोला गाउँपालिकाले ८० जना किसानलाई हाते ट्याक्टर उपलब्ध गराएको छ । पालिकाको ५० प्रतिशत र किसानका ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको हो । प्रविधिसंगै यान्त्रिकरण र ब्यावसायिकरण गर्ने उद्धेश्यले हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताए । उनले भने, ‘गाउँघरमा गोरु पाल्ने चलन हराउनु र कामदार पनि पाउन कठिन भएपछि किसानलाई सहज बनाउन ट्याक्टर दिएका हौं ।’
कार्यक्रममा बोल्दै उपाध्यक्ष सीता थापा, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले यस आर्थिक वर्षको बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको र पालिकालाई कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेकोमा जोड दिए । एउटा ट्याक्टरको मुल्य ४९ हजार रुपैयाँ पर्ने पालिकाले जनाएको छ । सो रकम मध्ये गाउँपालिकाले प्रति किसानलाई २४ हजार ५ सय रुपैयाँ अनुदान दिएको र किसानले २४ हजार ५ सय रुपैयाँ तिर्नु परेको सूचना प्रविधी अधिकृत रोशन लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया