स्वास्थ्यलाई सर्वसुलभ बनाउछौं ः नगर प्रमुख भट्टराई

गल्याङ ।
गल्याङ नगरपालिका भित्र स्वास्थ्यको पहुच टोल टोलमा पु¥याउने अभियानमा स्थानीय सरकार लागेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताएका छन् । स्वास्थ्यलाई सर्वसुलभ हुने व्यवस्थाको पक्षमा स्थानीय सरकार तयार रहेको नगर प्रमुख भट्टराईले बताएका हुन् । गल्याङ नगरपालिका वडा नं.३ गल्याङ स्थित गल्कोट फार्मेसीको सेवा विस्तार संगै गल्कोट पोलिक्लिनिकल प्राइभेट कम्पनीको उद्घाटन गर्दै सो कुरा भट्टराईले बताएका हुन । उनले गल्कोट फार्मेसीले स्थापना काल देखि प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्दै आएको र समयको अन्तरालसंगै आफ्नो सेवा विस्तार गरर अगाडि वढेकोमा गल्कोट पोलिक्लिनिकको प्रशंसा गरे ।

उनले गल्याङ नगरपालिका भित्र गुणस्तरीय र प्रभावकारी स्वास्थ्य शिक्षा, रोजगार सिर्जना गरेर बसाई सराईलाई रोक्ने पक्षमा आफू रहेको र त्यसलाई साथ दिन स्थानीय सरकार लागि पर्ने कुरा नगर प्रमुख भट्टराईले बताए । अर्को एक प्रशंङ्गमा उनले २०५१ सालमा गल्याङ क्षेत्रको समस्यालाई मध्यनजर गरेर स्वर्गीय दुर्गा प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रमा पु¥याएको योग्दानको प्रशंसा गरे । स्वर्गीय भण्डारीले पारिबारिक जस्तै व्यवहार गरेर विरामीको हेरचाहा गर्ने गरेका कारण छिमेकी जिल्ला पाल्पा,गुल्मी ,पर्वत, लगायतका जिल्लाबाट समेत सेवा लिनका लागि आउने गरेको बताए ।

कार्यक्रममा गल्याङ नगरपालिकाका नगर उपप्रमुख हेमा न्यौपाने,गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गल्कोट पोलिक्लिनिकलको सुरुवात संगै निःशुल्क विशेषज्ञ सेवाको समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा डा.राजेश श्रेष्ठले नसा तथा मानसिक रोग सम्बन्धी, डा.शैलेश गुरुङले जनरल फिजिसियन डा.भुवनराज पाण्डेले नाक,कान,घाँटी सँबन्धी अंकित बेलबासेले छाला रोग सम्बन्धि विनिता शर्माले प्रसुती तथा स्त्री रोग डा.दिपक भण्डारीले् इन्टरनल ,डा.सुजन श्रेष्ठले हाडर्जोनी सम्बन्धी सेवा प्रभावह गरेका थिए । शिबिरमा २२० जनाले सेवा लिनु भएको सञ्चालक ज्ञान प्रसाद भण्डारीले बताए ।

गल्कोट पोलिक्लिनिकल प्राइभेट कम्पनीका अध्यक्ष दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य पोलिक्लिनिकलका सञ्चालक ज्ञान प्रसाद भण्डारीले र कार्यक्रमको सञ्चालन डोल बहादुर थापाले गरेका थिए ।

 

प्रतिक्रिया