तमु र मगर समुदायका जनप्रतिनिधिलाई सम्मान

भीरकोट ।
तमु तथा तमुस्यो ह्युँल छोँज धी गुरुङ राष्टिय परिषद जिल्ला कार्य समिति स्याङ्जाले तमु जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई व्यक्त गरेको छ । परिषदको आयोजना तथा तमु समाज बयरघारीको व्यवस्थापनमा बयरघारीमा आयोजित कार्यक्रममा तमु समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । गत बैसाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित तमु समुदायका ११ स्थानीय तहका २ उपाध्यक्ष, १७ वडा अध्यक्षहरु, ४४ सदस्य गरी ६३ जना जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
कार्यक्रममा तमु ह्युला छोँज धी गुरुङ राष्टिय परिषद केन्द्रिय उपाध्यक्ष ल्या. यामबहादुर गुरुङले गुरुङ समुदायबाट समेत स्थानीय तह निर्वाचनमा धेरै जनप्रतिनिधि हुन सफल भएको भन्दै कार्य सफलताको शुभकामना व्यक्त गरे । गुरुङ समुदायबाट समेत देशका प्रमुख तहहरुमा नेतृत्व गरिरहेको भन्दै आफ्ना कार्यकुशलता प्रस्तुत गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।
कार्यक्रममा तमु ह्युला छोँज धी गण्डकी प्रदेश प्रमुख पदमराज गुरुङ, पमिला गुरुङ, तमु ह्युल छोँज धी बयरघारीका अध्यक्ष हुमबहादुर गुरुङलगायतले नागरिकको नजिक रहेर सेव ागर्न निर्वाचित प्रतिनिधिहरुलाई आग्रह गरे । कार्यक्रम तमु ह्युल छोँज धी गुरुङ राष्टिय परिषदका जिल्ला अध्यक्ष रवि गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन महासचिव टिकराज गुरुङ र स्वागत वरिष्ठ उपाध्यक्ष सोमबहादुर गुरुङले गरेका थिए ।
यता नेपाल मगर संघ इकाई कमिटि वालिङ १३ ले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वालिङ नगरप्रमुख कृष्ण खांणले नागरिकको साशक नभई सेवकको रुपमा सेवा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
निर्वाचित जनप्रतिनिधि सबै नागरिकको सेवक भएकाले यो पाँस वर्षको अवधिमा नागरिकको हरेक दुखसुखमा साथ दिँदै जनताको सारथी बन्नुपर्ने प्रमुख खांणले बताए । कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष नमलाल डुम्रे, होमबहादुर थापालगायतले बालेका थिए । कार्यक्रम धनबहादुर डालाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लालबहादुर थापाले गरेका थिए ।
प्रतिक्रिया