अन्धकारमा गुरुका ज्ञान ?
टंकप्रसाद गैह्रे
गुुरु ज्ञान, कर्म, धैर्य र ध्यानको समन्वय हो । गुरु शब्दलाई अन्धकारमा रुमल्लिएकालाई ज्ञानरुपी उज्यालो आत्मिक चेतना दिने शतिmका रुपमा बुझिन्छ । आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा दिन मनाउने गरिन्छ । आषाढ शुक्ल पक्षका दिन आकाशमा अन्धकार नभई पूर्ण आकाश हुने भएकाले यस दिनलाई पूर्णिमा भनिन्छ । पूर्णिमाका दिन वेद, पुराण, महाभारतका रचयिता कृष्ण दैपायन् वेद्ब्यासको पनि जन्म भएकोले यस तिथिलाई ब्यास पूर्णिमा पनि भनिन्छ । वाल्मीकि ऋषिको जयन्ति पनि गुरु पूर्णिमा कै दिन मनाउने गरिन्छ । हिन्दु, जैन, बुद्घिष्ट, शिखहरुले गुरु पूर्णिमालाई भव्यताका साथ मनाउने गर्दछन । शिवलाई प्रथम गुरुका रुपमा लिइन्छ भने विष्णु भगवान द्घितीय गुरुका रुपमा लिइन्छ । विष्णु भगवानका अंश कृष्ण दैपायन हुन । बह्रमा , विष्णु, महेश्वर नै सृष्टिका रचयिता भएकाले सृष्टिकर्ता सरह गुरुहरुको स्थान मानिन्छ । पवित्र र पावन भगवानरुपी गुरुहरु तिरस्काररुपी हुनुका अवयवहरु के के हुन ?अहिलेको वर्तमान समयमा गुरुको महत्व र गरिमाको ओझ ओझलमा किन के कारणले परेको छ । किन के कारणले गर्दा गुरुको गुरुत्वाकर्षण घटिरहेको छ । अर्थरुपी समाजमा ज्ञानरुपी गुरुप्राप्त गर्न किन कठिन देखिएको छ । बजारमा स्वघोषित गुरुको उपमा दिएर जसलाई सम्मान गर्दा पनि गुरु भनेर बोलाउने परिपाटी समाजमा व्याप्त के कारणले भैरहेको छ । । अहिलेको समयमा गुरुलाई मान सम्मान भन्दापनि अपमान र तिरस्कार गर्ने चलनले गर्दा पनि समाजमा छलकपट, लुटपाट, भष्ट्रचार बढिरहेको छ । समाजमा व्याप्त विकृति र विसंगति हटाउन असल गुरुहरु र असल शिष्य हुन आवश्यक रहेको छ ।गुरु र शिष्यको सम्बन्धको परम्परा हराउनु, एकदिन मात्र गुरुको महत्व दर्शिनुका अवयवहरुका कारण सामाजिक विकृति बढिरहेको छ । गुरुहरुमा गुरुत्व नभएर नै समाज विकृत बनेको हो । वर्तमान समयका गुरुहरुमा देखिएका खराबीपनहरुका कारण गुरुत्व यसप्रकार घटिरहेका छन ।
१. गुरुमा देखिएको स्वार्थी , लोभी, लालची,माया, मोहका कारणले हुन सक्छ ।
२. गुरु ज्ञान र कर्ममा भन्दा पनि अर्थमा लिप्त भएकोले हुन सक्छ ।
३. चेतना र विवेकको अभ्यास कमीको कारणले गुरुत्व घटेको छ ।
४. निजी लगानीमा मुनाफा आर्जन गर्ने संघ संस्थाहरुको कारणले गुरुमा घटेको छ ।
५. समय सन्र्दभ अनुसारको गुरुहरुको प्राविधिक ज्ञानको कमीको कारणले महिमा कम रहेको हो ।
६ . प्राचीन मूल्य र मान्यता पालना गर्दा हेय गर्ने सामाजिक दृष्टिकोणका कारण गुरु ओझेलमा परेको हो ।
७. अहिलेका शिक्षार्थीहरुमा अनुशासन , नैतिकता, इमानदारिता, असलनियत नहँुदा गुरुको महत्व घटेको हो ।
८. पाश्चात्य शैलीको अनुशरण गर्ने परिपाटीका कारण पनि गुरुहरु ओझेलमा परेका छन ।
९ गुरुमा हुने.शिक्षा र साधनाको कमीका कारण पनि महत्व कम भएको हो ।
१०. धर्मका नाममा देखिएका विकृति र विसंगतिका कारण पनि गुरुको महत्व घटिरहेको छ ।
अहिलेको विज्ञान र प्रविधिको युगमा समय सन्र्दभ अनुसारको कर्म र ज्ञानको समायोजन गुरुहरुले गर्न पर्दछ ।
गुरुबह्रमा , गुरुविष्णु,गुरुदेवो महेश्वर
गुरु साक्षात पर बह्रमा तस्मै श्री गुरवे नमः
ध्यानमूलम गुरुमुर्ति, पूजामुलम गुरो पदम
मन्त्रमूल गुरोर्वाक्य मोक्षमूल गुरोः कृपा ।
गुरुलाई बह्रमा , विष्णु, महेश्वरका साक्षात् रुपमा मानिएको छ । भक्तिm, मुक्तिm र ऐश्वर्य प्रदान गर्ने व्यतिmत्व नै गुरु हो । ध्यान , ज्ञान , धैर्य र कर्मको साधनाको देन गुरु हो । अभिभावकले जीवन दिए भने गुरुहरुले नै बाँच्न सिकाउने ज्ञान दिनु भएको छ । मानवता, इमान्दारिता, सद्विचार, सदाचार, सद्ज्ञान, सदमार्ग , सद्चरित्र देखाउने व्यक्तिm नै गुरु हो । शास्त्रहरुमा विद्या गुरुणाम् गुरु भनेर विद्यालाई नै गुरु मानेको छ । वास्तवमा गुरु भनेको ज्ञान नै हो । पतिरेको गुरुस्त्रीणाम, अमोक्षो धर्मविवाहानाम भनेर पतिलाई नै पत्निहरुको गुरुका रुपमा लिएको पाईन्छ । वेदका रचयिता वेदव्यासकालीन समयबाट नै गुरु शिष्यपरम्परा स्थापित भएको हो ।
गकार सिद्घिद् प्रोक्तो रेफो पापस्य हारक
उकारो विष्णुरव्यक्त प्रीतयात्मा गुरुः पर ः ।
अन्धकारबाट हटाई ज्ञान रुपी उज्यालो दिने व्याक्ति नै गुरुको दर्जामा उभिन सकछन । वर्तमान समयमा समाजलाई देखावटी गुरु भन्दापनि ज्ञान, ध्यान, धैर्य, कर्म सिकाउने गुरुको आवश्यकता रहेको छ । पूर्वीय र पाश्चात्य समाजा गुरु पादरी, पोपहरुलेराज्य सञ्चालन गर्ने परम्पराबाट नै राजनीतिको शुरुवात भएको हो । अहिले गुरुहरुको हातबाट राज्य सञ्चालन नहँुदा समाजमा विकृति र विसंगति बढिरहेको छ । आडम्बरी, लोभी, लालची, काम, कोध्र, माया मोह गुरु गुण होइन । गुरुहरु सरल, सादगी, भक्ति, मुक्ति, ऐश्वर्य, ज्ञान, ध्यान, धैर्य र कर्म सिकाउने भएमा समाजमा देखिएका विकृत परम्परा आफै विनाश भएर जान्छन ।
प्रतिक्रिया