सहकारी बैंकबाट वालिङका सहकारीलाई सम्मान
आरती कुँवर
वालिङ ।
वालिङ स्थित होटल भेनसमा राष्ट्रिय सहकारी बैंकको स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैङकले आफ्नो २०औ स्थापना दिवसको अवसरमा वालिङ शाखाद्धारा आयोजित अन्तरक्रिया तथा सदस्य सहकारी संस्थालाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी ले सहकारीले आर्थिक कारोबारलाई चलायमान बनाएर निरन्तर अगाडी बढ्नुपर्ने बताए । साथै उनले कार्यक्रममा सम्मान हुने सहकारीलाई बधाई दिदै आगामी दिनमा हरेक सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गर्न पाउनेमा आफु बिश्वस्त रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी, जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मिपति पौडेल, जिल्ला वचत तथा ऋण सहकारी संघका रविन्द्र श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७७÷७८ मा नियमित कारोबारको तर्फबाट मितेरी बचत तथा ऋण सहकारी संस्था वालिङलाई सम्मान गरीएको छ । त्यस्तै उत्कृष्ट कारोबारको तर्फबाट गाउँबेशी सहकारी संस्था वालिङलाई सम्मान गरीएको छ । सम्मान ग्रहण मितेरी वचत तथा ऋण सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष टेकलाल खनाल, उपाध्यक्ष शंकर खनाल र प्रबन्धक शालिग्राम पाण्डेले गरेका थिए ।
त्यस्तै गाउँबेशी सहकारी संस्थाको तर्फबाट संस्थाका सचिव केशवराज भटट्राई र प्रबन्धक लाल बहादुर आलेले ग्रहण गरेका थिए । राष्ट्रिय सहकारी बैंक इकाई उपसमिति संयोजक पुण्य प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको स्वागत कर्मचारी विजय रेग्मी र सञ्चालन राष्ट्रिय सहकारी बैक वालिङ शाखाका शाखा प्रबन्धक टिकराम अधिकारीले गरेका थिए ।
प्रतिक्रिया