बुवाले पढाएको विद्यालयमा छोराले स्थापना गरे अक्षयकोष

भीरकोट ।
स्याङजाको भीरकोट नगरपालिका २ मा रहेको दहथुम माविमा अध्यापन गरेका स्वर्गिय टिकाराम रेग्मीउनकी धर्मपत्नी शुशिला रेग्मीको नामबाट अक्षयकोष स्थापना गरिएको छ । उनका छोरा भेषराज रेग्मीले आफु कोषदाता र छोरा दिपक रेग्मी संरक्षक रहने गरी १ लाख रुपैयाको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोष बापतको रकम १ लाख रकम विद्यालयका प्रधानाध्यापक वेदप्रसाद अर्याललाई हस्तान्तरण गरेका छन् । अक्षयकोषको नाम टीकाराम शुशिला (टिएस) रहेको विद्यालयका प्रअ अर्यालले जानकारी दिए ।

२०१५ सालमा प्रथामिक तहमा नियुक्ति लिएर २०५० साल असोज सम्म अनिवार्य अवकास पाएका टिकाराम रेग्मीले ३५ बर्ष शैक्षिक सेवा प्रदान गरेका थिए । बुवाआमाको नामबाट स्थापना गरिएको अक्षकोषको व्याजबाट विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का अति गरिव तथा जेहन्दार २÷२ जना छात्रछात्रालाई बार्षिक परिक्षामा पुरस्कृत गरिने कोषदाता भेषराज रेग्मीले बताए । बुवाले शैक्षिक सेवामा देखाएको बाटो कहिल्यै मर्नेछैन भन्ने उदेश्य राखेर अक्षयकोष स्थापना गरेको उनले बताए ।
अक्षयकोष स्थापना गरेर विद्यालयमा अध्ययनरत विद्यार्थी र विद्यालयको हौसला प्रदान गरेकोमा प्रअ अर्यालले रेग्मी परिवार प्रति आभार व्यक्त र धनयवाद व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया