टोल–टोलमा सुरक्षा भत्ता लिएर पुगे जनप्रतिनिधि
स्याङ्जा ।
सामाजिक सुरक्षा भत्ता पाउने समय आएपछि बैंक सम्म पुग्न निकै सकस हुन्थ्यो अजुनचौपारी गाउँपालिका ६ का ९८ बर्षिय मोतीलाल तिवारीलाई । जिपमा कोचिएर बल्ल बल्ल बैंक पुगे पछि लामो लाईनमा बस्नु पर्ने अर्को समस्या थियो तिवारीलाई । भत्ता पाउने समय आएपछि ति सकसका दिन सम्झीहाल्थे तिवारीले । घरदैलोमा भत्ता पाउने व्यवस्था मिलाईदिए त्यो सकस कम हुने आशामा थिए उनी । तिवारीको त्यो आशा अहिले नयाँ आएका जनप्रतिनिधिले पुरा गरिदिएका छन । गाँउपालिकाका अध्यक्ष प्रकाश तिवारी समय तालिका बनाएर सामाजिक सुरक्षा भत्ता लिएर टोल–टोलमा पुगेपछि निकै हर्षित भए ९८ बर्षिय मोतिलाल ।
जिप रिजर्भ गरेर स्याङ्जा र अर्जुनचौपारी मुक्तीनाथ बैकको शाखाँमा पुगेर भत्ता लिएको स्मरण सुनाउदै तिवारीले भने,‘मिनेट भरमा गाउमै भत्ता पाइयो जनप्रतिनिधी धन्यवादका पात्र हुन् ।’ तिवारी जस्तै अर्की ७२ बर्षिय थम कुमारी पौडेलले बैकमा तीन दिन धाएर लाईनमा बसेर भत्ता लिन निकै कठिन भएको बताउदै गाउँमै भत्ता ल्याएर हामी बृद्धबृद्धालाई गुन लगाएको बताइन् । भत्ता बापत पाउने आठ हजार लिन बैक जादाँ र आउदाँ खर्चको सुनाउदै पौडेलले जनप्रतिनिधि घरदैलोमा आएर भत्ता दिदा पहिलो पटक गाउँमा सरकार आएको अनुभुती गरेको बताइन् ।
गाउँपालिकाले मुक्तिनाथ बिकास बैकसगँ सहकार्य गर्दै पहिलो पटक गाउँमै पुगेर जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो । निर्वाचनको क्रममा जनतासगँ गरेका बाचा पुरा गर्ने अनुरुप यो पहिलो अभियान भएको गाँउपालिका अध्यक्ष प्रकाश तिवारीले बताए । पहिलो चरणमा ७० बर्ष भन्दा माथिकालाई टोलमा भत्ता बितरण गरेको बताए । थोरै भत्ता लिनको लागी दुख, समय र रकमको खर्च भएको बताउदै तिवारीले गाउँमै भत्ता बितरण गर्दा आमाबुवाहरुलाई सहज भएको बताए ।
सबै वडामा पुगेर हरेक तीत तीन महिनामा सामाजिक सुरक्षा भत्ता बाड्ने योजना बनाएका छौं तिवारीले भने,‘अबको तीन महिना पछि सबैलाई टोलमै पुगेर भत्ता बितरण गर्नेछौं ।’ पालिकामा पहिलो पटक आफु जनप्रतिनिधी भएपछि सामाजिक सुरक्षाभत्ता गाउँमा पुगेर बितरण गर्नुपर्छ भन्ने उदेश्य अनुरुप बैंक सगँ समन्वय गरेर घरदैलोमा पुगेको उनले बताए । जनताको घरमा पुगेपछि समस्या पनि बुझन पाईने र सामाजिक भत्ता पनि वितरण हुने जसले जनताको हितमा काम हुने विश्वास आफुले लिएको बताए ।
निर्वाचन सगै जनताको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने अर्जुनचौपारी गाउँपालिका पहिलो हो । अर्जुनचौपारी गाउँपालिकामा दुई हजार पाचँ सय २३ जना समामाजिक सुरक्षा भत्ता लिने रहेकोमा एक हजार दुई सय ५१ जना ७० बर्ष माथिका बृद्ध बृद्धा रहेका छन् ।
प्रतिक्रिया