स्याङजामा एकै दिन ३ जना नागरिकले ज्यान गुमाए
स्याङजा ।
विभिन्न घट्नामा परेर एकै दिन ३ जनाको मृत्यु भएको छ । स्याङजा गल्याङ नगरपालिका ७ मा २ जना र भीरकोट ३ मा १ जना गरी ३ जनाले विभिन्न घट्नामा परेर ज्यान गुमाएका हुन् । गल्याङ नगरपालिका ७ महाथुम्का भन्ने स्थानमा रहेको सिंचाई पोखरीमा डुबेर २ जना र भीरकोट ३ रिजुमा धकेलेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता रविन्द्र खनालले जानकारी दिए ।
मृत्यु हुनेमा गल्याङ ७ का ३३ बर्षिय बृन्दा गुरुङ र ४ बर्षिय शोफिया गुरुङको निधन भएको छ भने भीरकोट ३ रिजुमा ४५ बर्षिय श्यामबहादुर रोका मृत्यु भएको प्रहरीले जनाएको छ । बुधवार दिउसो घाँस काट्न सगै भतिजी नाता पर्ने शोफियालाई साथमा लिएर बृन्दा महाथुम्का भन्ने स्थानमा गएकी थिइन । नजिकै निर्माण गरिएको सिंचाई पलाष्टिक पोखरीमा शोफिया डुबेको देखेपछि बृन्दा बचाउन जादा आफै पनि डुबेर घाईते भएको प्रहरीले जनाएको छ ।
उपचारका लागि गह्रौ घ्याङलिङ अस्पताल वालिङमा उपचारकै क्रममा दुवै जनाको डाक्टरले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय वालिङले जानकारी दिएको छ । घट्नाको बिस्तृत जानकारीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने दुबै जना एकै घरको नभएको बताइएको छ । शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घट्नास्थलको अनुसन्धानका लागि प्रहरी पुगेको बताइएको छ । यता भीरकोटको रोकाको ५० बर्षिय यामबहादुर रोकाले धकेलेर लडाएपछि उपचारका लागि कालिका सामुदायीक अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । यामबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया