प्रकाशकीय—नवौ बर्षको यात्रामा पब्लिक आवाज

आजबाट हामी ८ वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेका छौं । छांयांक्षेत्र मिडीया प्रा.ली.को वार्षिकोत्सवका अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरुमा हृदयदेखि नै शुभेच्छा प्रकट गर्न चाहन्छौं । २०७० सालमा स्थानीय स्तरमा समेत व्यावसायिक पत्रकारिताको दिगो जग बसाल्ने प्रयत्नस्वरुप पब्लिक आवाजको आरम्भ भएको थियो । यो यात्राले अहिले १ दशक पूरा गर्न लागेको छ । यसबीचमा अनेक संकट, समस्या र सफलतासँग साक्षात्कार गर्दै हामी यहाँसम्म आइपुगेका हौं । चुनौतीलाई कुशलतापूर्वक छिचोल्दै अगाडि बढ्नु नै हाम्रो नियतिजस्तो बनेको छ । निर्भीक पत्रकारितामा कुनै सम्झौता नगर्ने ऊर्जा पनि सायद यसैले दिएको हो । पछिल्लो दुई वर्षमा सारा संसारसँगै हामीले पनि कोभिड–सिर्जित बहुआयामिक संकट झेल्नुप¥यो ।
कोभिडकालको असामान्य घडीमा पनि निष्ठासहित आ–आफ्नो जिम्मेवारी पूरा गर्ने पब्लिक आवाजका सहकर्मीहरु र हामीलाई कठिन परिस्थितिमा पनि साथ, सहयोग र हौसला दिने शुभेच्छुक मित्रहरु सबैप्रति हामी आभार प्रकट गर्दछौं । यसबीचमा हामीले कोभिडसँगै बाँच्ने र हिँड्ने सीप–सामथ्र्य पनि सिकिसकेका छौं । यसले हामीलाई सफलताको नयाँ आयाममा पु¥याउने विश्वास छ । जस्तोसुकै प्रतिकूलता भोग्नुपरे पनि निष्पक्ष पत्रकारितालाई अगाडि बढाउने हाम्रो निष्ठामा कहिल्यै कमी आउने छैन । यसबीचमा हामीले पत्रिका र अनलाईनलाई थप परिस्कृत र परिमार्जन गर्ने क्रम जारी राखेका छौं । मुद्रण र अन्य प्राविधिक संयन्त्रलाई पनि थप चुस्त बनाउने काम भएको छ ।
पब्लिक आवाजको अनलाईन लाई नयाँ गति दिएका छौं । पाठकहरुका हाते स्क्रिन र कम्प्युटरमा हरेक क्षण भरपर्दा समाचार सामग्रीहरु यथेष्ट रुपमा पु¥याइरहेका छौं । यसलाई अझ क्षेत्रगत ढंगले विस्तार गर्दै लैजाने हाम्रो योजना छ । हामी सदैव लोकतन्त्र, कानुनी राज र संवैधानिक मूल्यमान्यताका पक्षमा उभिँदै आएका छौं । अन्त्यमा, हामी फेरि हाम्रा सम्पूर्ण सहकर्मी, पाठकवृन्द, विक्रेता, वितरक, विज्ञापनदाता सबै सहयोगी एवम् शुभेच्छुक महानुभावहरुलाई नवौं वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं ।
धन्यवाद ।

 

प्रतिक्रिया