प्रजिअ र कर्मचारी विच कार्यसम्पादन सम्झौता

स्याङ्जा ।
आर्थिक बर्ष २०७९÷०८० का लागि प्रमुख जिल्ला अधिकारी र कर्मचारी विच कार्यसम्पादनका लागि सम्झौता गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादनको करार सम्झौता गरिएको हो । गृह मन्त्रालयका गृह सचिव र स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलबिच यसअघि नै कार्य सम्पादन करार सम्झौता भएको थियो ।

यसै बमोजिम सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रजिअ पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीबिच कार्य सम्पादन करार सम्झौता भएको छ । यसका साथै प्रशासकीय अधिकृत भरतराज पाण्डे र कृष्णप्रसाद पौडेलसमेतसँग पनि कार्यसम्पादन सम्झौता सम्पन्न भएको सूचना अधिकारी तथा सहायक प्रजिअ नमिता रेग्मीले जानकारी दिइन् ।

कार्यसम्पादन सम्झौतामा नयाँ आर्थिक वर्षमा गर्ने योजनाका कामहरु र त्यही अनुसारको अंक साथै मूल्याङ्कन प्रणाली हुने भएकाले यसले सेवालाई प्रभावकारी बनाउने र सुशासन कायम गराउन सहयोग हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । त्यस्तै सम्झौताले कर्मचारीहरुका बिचमा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना भई सेवामा थप जनमैत्री र उत्तरदायी बनाउने सहायक प्रजिअ रेग्मीले बताइन् । हरेक बर्ष जिल्ला प्रशासन सहित कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मुल्याङकन हुने गर्छ ।

प्रतिक्रिया