संचालक र प्रध्यापकहरु बिच विवाद, अनियमिततामा संचालकको चासो

वालिङ ।
जनस्तरबाट संचालन गरिएको नेपालकै जेठो क्याम्पस यतीबेला फेरी विवादमा तानिएको छ । बेला बेलामा विवादमा तानिदै आएको वालिङ बहुमुखी क्याम्पस राजनीतिक आडमा अनियमितता ढाकछोप गरिदै आइएको थियो । क्याम्पसको विद्यानत विपरीत योग्यता नपुगेका क्याम्स प्रमुख नियुक्ति र दोहोरो सुविधा लिने प्रध्यापकहरुको विचको बिषय मिडियामा सार्वजनिक हुदा पनि छानविन गर्न नसकेर राजनीतिक आडमा ढाकछोप गरी उन्मुक्ति दिइएको थियो । लामो समय गुमनाम रहेको दोहोरो सुविधा लिने प्रध्यापकहरुका बिषयमा फेरी विवाद शुरु हुन थालेको चर्चा बाहिर आएको छ ।
पछिल्लो समय क्याम्पसको संचालक समितिको अध्यक्षमा हुमकान्त कोइरालाको टिम आएपछि प्रध्यापकहरुको दोहोरो सुविधा विषयलाई बाहिर ल्याएका छन् । क्याम्पसको विद्यानत काम गर्न प्रध्यापकहरुलाई सुझाउदा सो विवाद बाहिर आएको छ । यस बिषयमा सामाजिक सञ्जालमा क्याम्पसका संचालक समिति सदस्य प्रकाश अर्यालले खुलेर विरोध र सामाना गर्ने उल्लेख गरेका छन् । अर्यालले लामो स्टाटस लेखेर क्याम्पसमा भएको दोहनको जस्तो सुकै चुनौती सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । संचालक सदस्य अर्यालले सार्वजनिक रुपमा सामाजिक सञ्जालमा प्राञिक र वोद्धिक प्रध्यापक भनाउदाहरुको प्रतिक्रिया भन्दै लामो लेख सार्वजनिक गरेका छन् । यसले क्याम्पसमा सदियौ देखि दोहन भइरहेको देखिएको छ । यसको खोज अनुसन्धान गर्न जरुरी रहेको छ ।
अर्यालले लेखेको लेखमा राजनीतिक आडमा नीतिगत भष्ट्रचार भएको, नेपाल सरकारको स्थायी दरबन्दी भएका प्रध्यापकहरुले ४० मिनेटका दरले ३ पिरियड पढाउने र ६ घण्टाको तलब लिने, सामाजिक सुरक्षा कर छली गर्ने लगायत २०५७ र २०७२ मा गरेका दुई महायज्ञको हिसावकिताब खोई जस्ता बिषय उठाएका छन् । आजिवन सदस्यबाट उठेको रकममा समेत उनले प्रश्न उठाएका छन् ।
उनले लेखेका छन्,‘यस्ता सस्था वालिङ साथै तपाई हाम्रा वरिपरि छन् यसलाई समयमै सुधार गर्न तर्फ सचेत रहौ नाइ त इतिहास बन्नेछ । यस्ता सस्थाको नाम र अन्य विषय वस्तु थप्दै जाऊ ।’ अर्यालले सार्वजनिक गरेको भावनाले पक्कै पनि जनस्तरबाट संचालनमा ल्याइएको क्याम्पसमा विगतबर्षहरु बाटै भष्ट्रचार मौलाएको हुन सक्ने आकलन गर्न सकिन्छ । यता क्याम्पसका अध्यक्ष हुमकान्त कोइरालाले क्याम्पसमा केही समस्या देखिएको र यसलाई सुधार गर्नेपक्षमा संचालक रहेको बताए । यसमा सबै वालिङबासी, आजिवन सदस्य लगायत राजनीतिकदलको सहयोगको अपेक्षा उनले गरेका छन् ।
प्रतिक्रिया