घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु

स्याङ्जा ।
स्याङ्जाको आँधिखोला गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला गाउँपालिका २ रंगेठाटी बस्ने ६० वर्षीय देवनारायण सार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालका अनुसार शनिबार बिहान अन्दाजी १०ः४५ बजे सार्की घरदेखी २ किमि दुरीमा रहेको पाखोबारी (खरबारी) मा घाँस काट्ने क्रममा ७०–८० मिटर तल लड्न जाँदा घट्नास्थलमा नै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसैगरी जिल्लाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षीय पूर्णबहादुर न्यौपाने क्षेत्री पनि मृत्त फेला परेका छन् । वालिङ–१२ लामपात छोराको घरमा हिँडेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिबार बिहान लामपातेस्थित गोरेटो बटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया