काँग्रेसबाट श्रेष्ठको सम्झनामा श्रदाञ्जली सभा
वालिङ ।
वालिङवासीका प्रिय तथा नेपाली काँग्रेसका नेता बसन्तकुमार श्रेष्ठको ५७ बर्षको उमेरमा अकल्पनीय निधनले नेपाली काँग्रेस स्याङ्जाले ठुलो क्षती व्यहोरेको छ । श्रेष्ठको निधन भएको आज १०औं दिनको अवसर पारेर नेपाली काँग्रेस वालिङ नगर समितिले श्रदाञ्जली सभाको आयोजना गरेको हो । सभामा गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली काँग्रेस जिल्ला सभापति राजु थापा, उपसभापति केदार काफ्ले, गण्डकी प्रदेश सदस्य कविता तिवारी, ध्रुवशर्मा पंगेनी, क्षेत्रीय सभापति दिलिपप्रताप खाँण, पुर्व महासमिति सदस्य तथा स्याङ्जा जिल्लाका अभिभावक भोजराज अर्याल, महाधिवेसन प्रतिनिधि छायाराम खनाल, जिल्ला प्रवक्ता भरतराज लम्साल लगायतको सहभागितामा श्रदाञ्जली सभा सम्पन्न भएको थियो ।
नेपाली काँग्रेसले एक सामाजिक अभियान्ता, असल इमान्दार र कर्तव्यनिष्ठ छवि बनाएका श्रेष्ठको अकल्पनीय निधनले पार्टीलाई ठुलो क्षती पुगेको नेताहरुले बताएका थिए । श्रेष्ठ २०५४ र २०७४ को स्थानीयतहको निर्वाचनमा वालिङ ९ को वडा अध्यक्षमा निर्वाचित भएर सेवा गरेका थिए । काँग्रेस मात्रै नभएर श्रेष्ठको निधनले एक कुशल सामाजिक व्याक्ति गुमाएको भन्दै वालिङवासी, सामाजिक संघसंस्था, शैक्षिक संघसंस्था लगायतले श्रेष्ठको निधन प्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।
वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डे, क्षेत्र नम्वर १ प्रदेश (क) का सभापति ध्रुवविक्रम खाँण, नगर सचिव राजु तिवारी लगायतले पनि शोक श्रदाञ्जली सभामा सहभागी र सहजीकरण गरेका थिए । शोसभामा नेपाली काँग्रेस पार्टीका कार्यकर्ता लगायत अन्य राजनीतिकदलका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । स्वर्गिय श्रेष्ठका एक आमा, श्रमिति र दुई छोरा, दुई छोरी रहेका छन् ।
प्रतिक्रिया