पुराना संस्कृतिलाई जोगाउन सबै जुटौ ः नगर प्रमुख खाँण
आरती कुँवर,
वालिङ ।
दीपज्योति युवा क्लव वालिङ –१४ थुमपोखरा स्याङ्जा को २०औं वार्षिकोत्सव, तीज नृत्य प्रतियोगिता तथा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । क्लबले श्रीकृष्ण जन्माष्टमीको अवसर तथा क्लबको २०औ वार्षिकोत्सवको अवसरमा तिज नृत्य तथा जनप्रतिनीधि सम्मान कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दैै वालिङ नगरप्रमुख कृष्ण खाँणले हाम्रा पुराना संस्कृतिहरु पछिल्लो समय लोप हुदै जान थालेकाले यस्ता खाले कार्यक्रमले संकृतिको जर्गोना गर्ने र यसलाई निरन्तरता दिन सबै लागिपर्नुपर्ने बताए । साथै महिलाहरु पहिले जस्तै चुलोचौकामा मात्रै सिमित हुनुपर्छ भन्ने भ्रमलाई चिर्न यो प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई थियो ।
यस्तै कार्यक्रममा बोल्दै वालिङ वडा नं १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) ले लोप हुदै गैरहेकाले लाखे नाँच साथै हाम्रा संस्कृतिहरु पुनः जर्गेना गर्न आवश्यक रहेको र पछिल्लो समय युवाहरु संस्कृति जोगाउन हौसिएको देख्दा खुशि लागेको बताए । आगामी दिनमा पनि हाम्रा संस्कृति जोगाउने खालका कार्यक्रम गर्नको लागि सहयोग गर्न आफु सधै तत्पर रहेको बताए । महिलाहरु पनि आफुले सक्ने हरेक काममा अगाडी बढ्न आवश्यक रहेको र अगाडी बढाउन आँफु सधै सबैको साथमा रहेको बताए ।
कार्यक्रममा स्थानिय संस्कृति लाखे नाँच प्रर्दशनी अन्तरर्गत वालिङ १४ कोखे नेवार समाजका १० जनाले प्रस्तुत गरेका थिए । यस्तै तिज नृत्य प्रतियोगितामा प्रथम करिना सुनार, दितिय सञ्चिता डुम्रे, रोशनी सुनार तृतीय र इँशा कुँवर र कृति डुम्रे सान्त्वना भएका छन । प्रथम द्धितिय तृतिय र सान्त्वना हुनेले क्रमशः पाँच हजार, तिन हजार पाँच सय, दुई हजार र पाँच पाँच सय नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन । खेलाडी तथा मोडेल अस्मिता रणपाल, मुक्त खवास र देवराज गैह्रेले निर्णायकको भुमिका निर्वाह गरेका थिए भने कार्यक्रममा १५ जना प्रतियोगी सहभागि भएका थिए
साथै २०७९ सालको स्थानिय चुनावमा विजयी भएका वालिङ १४ का सम्पुर्ण जनप्रतिनिधीहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको छ । क्लबका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष टोप बहादुर अधिकारी, शुभकामना कमल डुम्रे र कार्यक्रमको सञ्चालन सल्लहाकार तथा पुर्व अध्यक्ष राजु डुम्रेले गरेका थिए ।
प्रतिक्रिया