‘जिम्मेवार प्रशासकको छवि बनाउने छु’

राजुप्रसाद पौडेल,
प्रमुख जिल्ला अधिकारी,
स्याङ्जा ।

२०४६ साल अघिसम्म प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कोठामा प्रवेश गर्दा ढाकाटोपी अनिवार्य थियो । पञ्चायतकालमा सिडिओ जिल्लाको ‘राजा’ जस्तै थिए । सिडिओको बोली र उपस्थितिको रवाफ नै अर्कैै हुन्थ्यो । माओवादी आन्दोलन उत्कर्षमा पुग्नु अघिसम्म पनि प्रजिअको अगाडि धक फुकाएर बोल्ने आँट हम्मेसी जो–कोहीसँग हुँदैनथ्यो । तर अहिले समय परिवर्तन भएको छ । सिडिओहरु जनताको सेवक भएका छन् । प्रमुख जिल्ला अधिकारी अर्थात् प्रजिअ जिल्लाको प्रमुख प्रशासनिक व्यक्ति हुन्छ । गृह मन्त्रालय अन्तर्गत रहने प्रमुख जिल्ला अधिकारी जिल्ला भरका सबै सरकारी कार्यालयका प्रमुखहरुको प्रमुख रहन्छ । संघीयतापछि मुलुकले विकासमा फड्को मार्छ भन्ने आम बुझाइ थियो तर त्यस्तो हुन सकेको छैन । स्थानीय तथा प्रदेश सरकारले प्रभाकारी ढंगले विकासका कार्यक्रम अघि बढाउन सकेका छैनन् । विकास निर्माणमा नीतिगत र बजेट अभाव लगायतका समस्या छन् । संघीय संरचनामा गएपछि पनि विकास हुन के ले रोक्यो ? बजेटको सदुपयोग कसरी भइरहेको छ ? जनप्रतिनिधिले कसरी काम गरिरहेका छन् ? अब सिडीओको भूमिका के हो ? कोरोनाको संक्रमण फेरी बढ्न थाल्दा राकथामको तयारी के छ ? जस्ता विषयमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसँग पब्लिक आवाज पत्रिका र अनलाईनका सम्पादक अमृत अर्यालले गरेको कुराकानीको सम्पादित अंश ः

१. सिडीओ साव आराम हुनुहुन्छ ? स्याङ्जा जिल्लामा सिडीओको जिम्मेवारी सम्हालेपछी नियमित रुपमा गर्नुपर्ने कार्यसम्पादन बाहेक हजुरले गर्नुभएका कामहरु के कस्ता छन् ?

धन्यवाद, नमस्कार । आरामै छु । म स्याङ्जामा प्रमुख जिल्ला अधिकारीको रुपमा पदबहाली भैसकेपछी नियमित रुपमा गर्ने काम बाहेक अन्य सरोकारका बिषयहरुमा पनि बिशेष ध्यान पु¥याउने प्रयास गरेको छु । जिल्लामा शान्ति सुरक्षा कायम गरी अमनचयन राख्न बिशेष सतर्कता अपनाईएको छ । विकास निर्माणका कामहरुमा सहजिकरण गरिएको छ । कोरोना लगायत अन्य विपदजन्य घटनाको व्यवस्थापना जुटिरहेको अवस्था छ । अन्य विपद न्यूनिकरणका कामहरुमा पनि जिल्लाको सिडीओको हैसियतले सोहीअनुशार सक्रिय रहेको अवगत गराउन चाहन्छु । जिल्लाका हरेक कार्यालयका आफ्नै खालका गुनासाहरु छन् । ति गुनासाहरुलाई यथाशक्य सम्वोधन गर्ने प्रयास समेत गरिएको छ ।

२. स्याङ्जाका सिडीओले विकास निर्माणका कामलाई पनि सहजीकरण गरेको भन्ने व्यापक चर्चा थियो, अहिलेको अवस्था कस्तो छ ?

यो प्रजिअलाई मन्त्रालयले सुम्पेकै काम हो । विकास निर्माणका कामहरुमा के कारणले समस्या आएको हो बुझेर सोही अनुशार काम गरिएको छ । म भर्खर सरुवा भएर स्याङ्जा आउदै गर्दा सिद्धार्थ राजमार्गको कुभिण्डे देखि राम्दी सम्मको सडकखण्ड अत्यान्तै जिर्ण र धेरै ठांउहरुमा खाल्डाखुल्डी भएको पाए । त्यसपछी मेरै अगुवाईमा ठेकेदार, सुरक्षाकर्मी, स्थानीय तहका कर्मचारी, ठेकेदार र स्थानीय तहका मेसीनहरुको प्रयोग गरि तत्काललाई अस्थायी व्यवस्थापन गरियो । पछी भौतिक पूर्वाधार मन्त्रालय मार्फत मेरै पहलमा स्थायी व्यवस्थापन गर्ने काम भएको छ । जिल्लाको सेतीदोभानमा विगत ६÷७ बर्षदेखि निर्माण अलपत्र रहेको पुलको समस्या पहिचान र स्रोत सुनिश्चतता गरी निर्माण गर्न सफल भईयो । सडक डिभीजन पोखरा र मन्त्रालयसंग सहजीकरण गरी जिल्ला प्रशासनकै पहलमा उक्त पुल निर्माणमा काम गर्दा आएका व्यवधानहरुको समाधान गरीयो । जिल्ला अस्पतालमा विगत २ बर्षदेखि अलपत्र रहेको अक्सिजन प्लान्ट सुचारु गर्न सफल भईयो । विद्युत लगायत अन्य विविध समस्याहरुको कारण जडान हुन नसकेको प्लान्ट २ सय केभीको नयां ट्रान्सफर्मर जडान गरी संचालनमा ल्याईएको हो । अहिले यसबाट दैनिक ५०÷६० वटा सिलिण्डर भर्न सकिने भएको छ । आगामी दिनमा पनि म दत्तचित्त लगाएर आफ्नो दैनिक कार्यसम्पादनका अतिरिक्त यस्तै कामहरुमा दृष्टि पु¥याउने प्रयास गर्नेछु । बिशेष गरी धेरैजसो विकास निर्माणका कामहरुमा मैले प्राविधिक जनशक्तिको अभाव देखेको छु ।

३. हुन त अहिले जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले सेवा प्रवाहमा धेरै सुधार गरिसकेको छ । तर पनि नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरुमा झन्झट कायमै छ । अझै पनि जिल्ला प्रशासन कार्यालयमा सेवा लिन लामो लाईन बस्नुपर्छ भन्छन् । किन यस्तो हुन्छ ?

जिल्ला प्रशासन कार्यालय भनेको विभिन्न सेवा प्रवाह गर्ने जिल्लाको महत्वपूर्ण कार्यालय हो । हामीले एकैदिन ५००÷६०० जना सम्मलाई सेवा दिनपर्ने अवस्था छ । हामीसंग न्यून जनशक्ति भएकाले त्यसो भएको हो । तथापी हामीले अधिकतम सेवा प्रवाह गर्न चुकेका छैनौं । निर्वाचनका बेला सेवा लिन लामो लाईन बस्नुपरेको थियो, अहिले छैन् । अहिले सबै सेवाग्राहीले सहज र सरल सेवा प्राप्त गर्नुभएको छ । कर्मचारीहरुसंग कार्यसम्पादन सम्झौता गरि सेवा प्रवाहलाई सुदृढ बनाउने प्रयास गरिएको छ ।

४. तपाईहरुले यी सेवाप्रवाहमा सुधारका लागि माथिल्लो तहमा कुरा उठाउनु भएको छैन् ?

मन्त्रालयमा हामीले रिपोर्टिङ गरिरहेका हुन्छौं । हाम्रोमा रिक्त रहेको दरवन्दी पूरा गराउन हामीले माग गरेका छौं । समयमै जनशक्तिको पदस्थापन नहुदां समस्या आएको हो । मन्त्रालयबाट हाम्रो कामको नियमित अनुगमन र मूल्याङन हुने गर्छ । हामीले प्रदान गर्ने सेवा प्रवाहमा सुधार ल्याउन माथिल्लो तहमा मैले कुरा उठाएको छु ।

५. धेरैजसो सिडीओहरु शासक बन्न खाजे भन्ने आरोप छ नि । तपाई कस्तो खालको सिडीओ, सेवक कि शासक ?

म शासक होईन्, सेवक हो । २०६४÷०६५ मा पनि म मालपोत अधिकृतको रुपमा स्याङ्जा आएको थिए । त्यतीबेला पनि मैले सेवा प्रवाहलाई सरल बनाएको थिए । म जनताको सेवक हुं । मैले स्याङ्जामा बस्दै गर्दा जिम्मेवार प्रशासकको छवि बनाउने छु । जनगुनासो नआउने गरी पारदर्शी रुपमा काम गर्ने मेरो प्रयास छ ।

६. जिल्लामा अहिले शान्ति सुरक्षाको अवस्था कस्तो छ, शान्ति सुरक्षाको जिम्मेवारी सिडीओको मातहतमा हुने भएकाले अहिले चाडबाड नजिकीदै गर्दा शान्ति सुरक्षाको तयारी कस्तो अपनाउनुभएको छ ?

म आएदेखि जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य नै छ । सबैको सहयोगमा मेरो नेतृत्वको सुरक्षा संयन्त्रलाई व्यवस्थित गरेका छौं । सुरक्षाको जिम्मेवारी हामीमा निहीत भएतापनि प्रत्येक नागरिक बर्दिविनाको प्रहरी हो भन्ने मानसिकता विकास गरी शान्ति सुरक्षा कायम गर्न म सबैलाई अनुरोध गर्न चाहन्छु ।

७. कतिपय जिल्लामा राजनीतिक हस्तक्षेपले गर्दा सिडीआले काम गर्न नपाएको अवस्था पनि छ, स्याङ्जामा तपाईले कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

हालसम्म काम गर्दा राजनीतिक हस्तक्षेपको महशुस गरेको छैन् । कुनै कुनै दलका नेताले काममा सहजीकरण गर्न भन्नुहुन्छ तर हस्तक्षेप गर्नुभएको छैन् । विधि र पद्धतीमा काम हुने भएकाले कुनै एक जना नेताले यसो गर उसो गर भन्दैमा त्यही त्यही गर्नुहुदैन र नियम विपरीत काम गर्न कही कतैबाट दवाव आएको छैन् ।

८. संघीय संरचनामा गएपछी सिडीओको भूमिका खुम्चिएको हो र ?

खुम्चिएको भन्ने त होईन् । कतिपय जिम्मेवारी र कार्यालयहरु स्थानीय तहमा गएपछी खुम्चिए झै अनुभव भएको हो । संघियता पछी भूमिकामा परिवर्तन भएको हो, संकुचन भएको छैन् । केन्द्रिय निकायले जिल्लामा हुने सबै खाले कार्यक्रममा सिडीओको भूमिका हुने स्पष्ट पारेको छ । मर्यादाक्रममा कही कतै तलमाथी भए पनि आन्तरिक भूमिकामा खासै कमी भएको छैन् ।

९. कुनै कुनै जिल्लाहरुमा सिडीओ र जनप्रतीनिधिबिच टकराब भएको पनि सुनिने गरेको छ, स्याङ्जाको स्थिति के छ ?

त्यस्तो टकराब भएको छैन् । विगतमा २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरुसंग पनि समन्वय गरेर काम ग¥यौं । नयां जनप्रतिनिधिहरुसंग पनि सोही अनुशार समन्वय गरेर काम गरेका छौं । टकराबको स्थिति छैन् । कर्मचारी र जनप्रतिनिधिको समन्वयले राम्रो प्रतिफल दिएको छ ।

१०. फेरी कोरोना संक्रमण फैलदो क्रममा छ, तपाई डिसिसिएमसिको अध्यक्ष समेत हुनुहुन्छ, रोकथामको तयारी के छ ?

जिल्लामा कोरोना संक्रमण पुन तिब्र गतिमा फैलिएको छ । कोरोना संक्रमणको संकेत देखिन थालेपछि हामीले सबैलाई सचेत रहन आग्रह गरेका छौं । कोरोना महामारीको नयाँ भेरियन्टसहितको संक्रमण देखिएकाले जिल्ला कोभिड व्यवस्थापन केन्द्र स्याङ्जाको बैठक बसी सचेत रहन जिल्लवासीमा आग्रह गरिएको हो । हामीले एक सुचना जारी गर्दै पुन ः कोरोना संक्रमण देखिन थालेकाले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका छौं । घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सरकारी तथा सार्वजनिक निकायहरुले अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह गर्ने, धेरै मानिसहरु जम्मा हुने भीडभाडका क्रियाकलाप नगर्ने, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड प्रयोग गरी संचालन गर्न अनुरोध गरेका छौं । सपिङ मल, होटल तथा रेष्टुरेन्ट र अन्य प्रकारका व्यवसाय सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पालना गरी कोरोना संक्रमणलाई फैलिन नदिन आमसर्वसाधारण, नागरिक समाज, पत्रकार, संघसंस्था लगायत सबैले समन्वयकारी भूमिका निर्वाह गरिदिन अपिल गरिएको र सोही अनुशार सतर्कताका काम गरिएको छ ।

११. अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

मैले यो पत्रिका मार्फत जिल्लावासीहरुमा एक आपसमा भाईचारा कायम राख्न अनुरोध गर्दछु । चाडबाड र लगत्तै निर्वाचन समेत आएकाले सद्भाव र भातृत्वपूर्ण तरिकाले काम गर्न अनुरोध गर्दछु । जिल्लाभित्र कुनै समस्या परेमा हामी सदैव तयार छौं । प्रजिअको जिम्मेवारी निर्वाह गर्ने क्रममा म कही कतै चुक्ने छैन भन्दै यो अवसरका लागि जिल्लाको लोकप्रिय पत्रिका पब्लिक आवाजलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया