नेता बस्ने शहर गनाउदै !
दमकुमारी वगाले,
वालिङ ८ वगालथोक, स्याङ्जा ।
बनमा बस्ने चरीले काफल खादैन र
विदेश जाने नेताले सिप सिकेर ल्याउन हुदैन र ।
महलमा बसेपनि बाटाभरी फाल्ने गथ्र्यौ फोहर
अहिले भनेका भेटेका छौं शरीरभरी रोग ।
बन्चरे डाँडाले अनुहार फेर्ने भयो
नेता बस्ने शहर गनाउदै जाने भयो ।
नेतालाई दुख भयो झुट्टा भाषण गर्नाले
जनतालाई दुख भयो भर पर्नाले ।
बिस्तारा नी गनाउनी भान्छा पनि गनाउछ
फोहोरको अक्सिजनले पागल बनाउछ ।
विदेश जान्छौ नेताहरु सिक्न हैन बिक्न
लाज छैन तिम्रो मुख रुमालले छोप्न ।
शहरैभरी फुल रोपे दुर्गन्ध मेटिन्छ
सबै नेता गनाउन थाले सद्दे कसरी भेटिन्छ ।
प्रतिक्रिया