आफ्नै भित्र मन फाट्यो भने………

ध्रुव शर्मा पंगेनी
गल्याङ—१०, स्याङ्जा ।
(हाल वालिङ—८)

अरु परकालाइ फोहोरी भनेर गाली गर्छ्न
म घरकालाइ फोहर गर्लानकी भनेर कराउंछु ।

आफ्नैले फोहोर गरे भने
अर्को फोहोरमा फक्र्यो भन्नुको के अर्थ ?

घर भित्रै मन फाट्यो भने
पराइको घर चक्र्यो भन्नुको के अर्थ ।

अरु परकाले बाटो बिराउंदा खुसी हुन्छ्न
म घरकाले बाटो नसमाउंदा दुखी हुन्छु ।

आफ्नैले बाटो गलत रोजे भने
अर्को कु बाटोमा लम्क्यो भन्नुको के अर्थ ?

घर भित्रै मन फाट्यो भने
पराइको घर चक्र्यो भन्नुको के अर्थ ।

अरु परकाको सिद्धान्त छैन भनेर कराउंछन
म घरकाले सिद्धान्त छोड्लानकी भनेर डराउंछु ।

आफ्नैले बिचार छाडे भने
अर्काको बिचार मक्र्यो भन्नुको के अर्थ ।

घर भित्रै मन फाट्यो भने
पराइको घर चक्र्यो भन्नुको के अर्थ ?

अरु अर्काले केही गरेन भनेर दोस दिन्छ
म हाम्राले राम्रो गर भनेर होस खोल्छु ।

आफ्नैले राम्रो गरेनन भने
अर्को पछि फक्र्यो भन्नुको के अर्थ ।

घर भित्रै मन फाट्यो भने
पराइको घर चक्र्यो भन्नुको के अर्थ ?

अरु अर्काले घुस खाए भनेर बर्सिन्छ
म आफ्नाले त्यै मीठो मान्लाकी भनेर तर्सिन्छु ।

आफ्नैले घुस खाए भने
अर्को त्यसमा पल्क्यो भन्नुको के अर्थ ।

घर भित्रै मन फाट्यो भने
पराइको घर चक्र्यो भन्नुको के अर्थ ।

अरु उसलाइ भोट नदेउ भनेर गाउँ डुल्छ्न
म आफुलाइ मत माग भनेर सिकाउ छु ।

आफ्नै मत घट्यो भने
अर्काको भोट घट्यो भन्नुको के अर्थ

घर भित्रै मन फाट्यो भने
पराइको घर चक्र्यो भन्नुको के अर्थ

 

प्रतिक्रिया