उवासंघ वालिङले तोक्यो अधिवेसन
वालिङ ।
उद्योगी व्यवसायीको साझा संस्था वालिङ उद्योग वाणिज्य संघले अधिवेसन गर्ने मिति तोकेको छ । संघको सोमवार बसेको बैठकले आगामी भदौ १८ गते ८ औं अधिवेसन र १६ औं साधरणसभा गर्नेगरी मिति तोकेको हो । ३ बर्ष कार्यकाल रहने विद्यानत व्यवस्था भएपनि लामो समय अधिवेसन र साधरणसभा भएको थिएन । कोरोना संक्रमणका कारण गर्न नसकिएको अधिवेसन पछिल्लो समय विविध समस्या देखाएर समय गुजारेको संघले अन्तत भदौ १८ गते गर्नेगरी अगाडी बढेको संघले जनाएको छ ।
बैठकले अधिवेसन निर्वाचन समिति समेत गठन गरेको संघका महासचिव केशरबहादुर खाँण(ध्रुव) ले जानकारी दिए । खाँणका अनुसार काँग्रेसबाट नगर सभापति नेत्रप्रसाद पाण्डे, ल्या.यामबहादुर गुरुङ्, लक्ष्मी रेग्मी र एमालेबाट लक्ष्मीपति पौडेल, पुण्यप्रसाद अर्याल, राजेन्द्र डुम्रे र संघका कार्यकारी सचिव बावुराम रेग्मी रहेका छन् । व्यवसायीक सुझाव आधारमा संचालन भन्दा पनि राजनीतिक सुझावका आधारमा समिति गठन हुदै आएको आरोप संघलाई लाग्दै आएको छ ।
दुई हजार भन्दा माथी व्यवसायीक साधरण सदस्य रहेको संघले जनाएको छ । पाँचौ र छैठौमा निर्वाचन भएपनि अन्य अधिवेसनमा सहमतिका आधारमा समिति चयन हुदै आएको थियो । आठौ अधिवेसनमा समिति सहमतिबाटै टुङ्गो लगाउने गरी सहजीकरण भएको संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
प्रतिक्रिया