मतदाताले दावी बिरोध गर्ने समय ९ दिन
स्याङ्जा ।
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि मतदाता नामावलीलाई बैद्यानीकता (दावी विरोध) का लागि निर्वाचन कार्यालयले ९ दिन समय अवधी दिएको छ । निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले मतदाता नभएका ब्यक्ति वा गैर—मतदाता भए दावी बिरोध गर्न सुचित गरेको छ । निर्वाचनमा ः सबै, सधै, सगै भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम स्याङ्जामा आयोजना गरिएको मतदाता नामावली अद्यावधिक (दावी विरोध) सम्वन्धी सरोकारवाला सगँ अन्तरक्रिया गरेर सुचित गरेको हो ।
अन्तिम नामावली तयार गर्न निर्वाचन कार्यालय स्याङ्जाले जिल्लाभर आफ्ना कार्यलाई अगाडी बढाएको जानकारी दिएको छ । निर्वाचन कार्यालयद्धारा बुधवार स्याङ्जा सदरमुकाममा आयोजित सरोकारवालीबीचको अन्तरक्रियामा बोल्दै निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले यही भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने बताए ।
झुटा बिवरण भएका, एक भन्दा वढी स्थानमा नामावली भएका, मृत्यु भैसकेका ब्यक्ति लगायत त्रुटी सच्चाउने र एउटै वडाभित्रका अपायक स्थानमा मतदान केन्द्र भएमा पायक पर्ने स्थानमा सार्न सकिनेगरी दावी बिरोध गर्न ९ दिनको समय रहेको मरासिनीले बताए । यसैगरी, नागरिकता त्याग गरेका र उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका समेत मिल्ने उनले सरोकारवालाई जानकारी गराए । दावी बिरोधका लागि जिल्ला निर्वाचन कार्यालयमा जानकारी÷उजुरी गर्न र सबै पालिकामा मतदाता नामावली अद्यावधिक गर्न सकिने ब्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार स्याङ्जामा २ लाख ४८ हजार ३ सय ३३ मतदाता छन । ती मध्ये पुरुषको संख्या १ लाख २० हजार ९ सय ४१ र महिलाको संख्या १ लाख २७ हजार ३ सय ९१ छ । स्थानीय तह निर्वाचनपछि पुरुषतर्फ ४ हजार २ सय ७५ र महिलातर्फ ३ हजार ५ सय २३ गरी ७ हजार ७ सय ९८ जना मतदाता थप भएका छन् । मतदाता नामावलीमा फोटो खिचाएका र मंसीर ३ गतेसम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाको अवस्था र समस्याका बारेमा सुझाव दिए । मतदाता अद्यावधिक गर्ने भनेको मतदान पारदर्शि, स्वच्छ प्रतिष्पर्धा र परिणाममुखी बनाउन भुमिका रहने विश्वास प्रजिअ पौडेलले गरे । नेपाली कांग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेका अमृत श्रेष्ठ, राप्रपाका सचिव श्यामकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेकपा एसका शंकरध्वज कार्की, जय मंगोल अर्गानाइजेशनका सचिव विकास गुरुङ् लगायतले जिज्ञासा र सुझाव ब्यक्त गरेका थिए ।
अन्तरक्रियामा जिल्ला स्थित राजनीतिक दलहरु, स्थानीय पालिका प्रमुख, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुख, पत्रकारहरु लगायतको सहभागीता थियो । निर्वाचन कार्यालय स्याङ्जाले निर्वाचनका गतिविधि शुरु गरेसगै अब जिल्लामा चुनावी माहोल बन्न लागेको बताइएको छ ।
प्रतिक्रिया