‘जनतासँग नेपाली काँग्रेस’ अभियानका शुरु
स्याङ्जा ।
नेपाली काँग्रेस स्याङ्जाले संघिय तथा प्रादेशिक निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान संचालन गर्ने भएको छ । जिल्लाका ११ वटै स्थानिय तह र ९७ वटै वडा र टोल सम्म पुग्ने गरी अभियान संचालन गर्न लागेको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
भदौ १० देखि सुरु हुने अभियानका बारेमा जानकारी गराउदै जिल्ला सभापति राजु थापाले स्याङ्जाका २ वटा संघ र ४ वटा प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउनेगरी सबै जना लाग्ुन पर्ने बताए ।
अभियानका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ स्याङ्जा आइपुगेका छन् । स्याङ्जा स्थित पार्टी कार्यालयमा उनले कांग्रेसका जिल्ला, क्षेत्र, महासमिति, माहाधिवेशन प्रतिनिधीबीच छलफल गरेर भदौं १० गते देखि हुने अभियानका बारेमा जानकारी गराएका थिए । अभियानमा तल्लो तहका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गर्नुका साथै प्रशिक्षणका कार्यक्रम संचालन गरिने छ
कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, क्षेत्रीय सभापति दिलिपप्रताप खाँण, महाधिवेशन प्रतिनिधीहरु युवराज पाण्डे, प्रेमराज पौडेल, जिल्ला सदस्यहरु सोमनाथ लम्साल, नवराज सुवेदी र धरमराज गुरुङ् लगायतले अभियानका बारेमा सुझाव एवं जिज्ञासा राखेका थिए ।
जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गरेका थिए ।
प्रतिक्रिया