ईन्धन तथा बिजुुली बिनाको सिंचाई लिफ्टीङ

हिमाल न्यौपाने,
गल्याङ ।

स्याङजाको गल्याङ नगरपालिकामा नेपालमै पहिलो पटक आधुनिक हाइपम्प बाट सिंचाई लिफ्टीङ आयोजना ईन्धन तथा बिजुलीको प्रयोग बिना सिचाई सुुरु भएको छ । विश्वको दोस्रो तथा नेपालको पहिलो आधुनिक हाईपम्प प्रबिधिवाट स्याङजामा लिफ्टीङ आयोजना सुरुवात गरिएको छ । बिजुली तथा ईन्धन को प्रयोगबिना पानी लिफ्टीङ हुन थालेसंगै बाझो रहेका जमिनको समेत उपयोग हुने भएको छ । सिचाईका लागी पर्याप्त पानी अभावका कारण आधुनिक कृषि नारामा मात्र सिमित हुुदा खेतीयोग्य जमिन बाझै रहने अबस्था लाई यो प्रबिधिले ठुलो सहयोग पुग्ने देखिन्छ ।

स्याङजाको गल्याङ नगरपालिका ११ लबरकोटमा पहिलोपटक हाईपम्प प्रबिधिवाट पानी लिफ्टीङ गर्न सुुरु गरीएको छ । खोला या नहरको पानीलाई पाईपको माध्यामवाट ट्रवाईनमा खसालेर गियरको माध्यमले मोटर घुमाउदा मोटरले पानी तान्ने प्रबिधिको प्रयोग कृषकका लागी अत्यान्त उपयोगी देखिन्छ । करीब सय देखि १ सय पचास लिटर प्रतिसेकेन्ड पानी तान्ने यो प्रबिधिले २० हेक्टर जमीन सिंचाई गर्न सकिनेछ । ६० मिटर पानी पम्पीङ गरी बाह्र सय मिटरको दुरी सम्म सजिलै पानी पुग्ने हुदा निम्न स्तरका कृषकका लागी अत्यान्तै राहत मिल्ने योजनाका ईन्जीनियर अभिषेख डुम्रे ले बताए ।

खेर गईरहेको पानीको सदुुपयोग गरेर मौसमी तथा बेमौसमी खेती गर्न सकिने कृषकको भनाई रहदै आयको छ । जिल्ला सिंचाई कार्यलय स्याङजाको समन्नयमा यो योजना सम्पन्न हुन लागेको हो । करिब ७२ लाखको लागतमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माणको काम आटिस्टा कम्पनीले गरिरहेको छ । चौबिसै घण्टा मेसीन सन्चालन गर्न सकिने तथा मेसीनमा खराबी आएको खण्डमा कम्पनीले नै मर्मत गर्ने भएको छ ।

आयोजना सुरु गर्दा लागत बढी भएतापनी सम्पन्न पश्चात खासै खर्च नआउने हुदा कृषकलाई थप खेतीगर्न उर्जा मिल्ने भएको हो । करिब ४ ईन्चको पानी पाइपवाट सिंचाइका लागी प्रयोगर्न सकिने भएपछी साउनेपानी, लबरकोटका ८० घरपरीवारको मुहारमा खुसी छाएको छ । सिंचाइमा सजिलो भएपछि अब उत्पादन बढ्ने विश्वास व्यक्त गरिएको छ ।

 

प्रतिक्रिया