काँग्रेस स्याङ्जाबाट ‘काग्रेसको साथमा जनता’ अभियानको उद्घाटन
वालिङ ।
नेपाली काँग्रेस स्याङ्जाले भदौ १० गते देखि २४ गते सम्म सुरु हुने ‘काँग्रेसको साथमा जनता’ अभियान कार्यक्रमको विधिवतरुपमा शुरु गरेको छ । कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ र केन्द्रीय प्रतिनिधि चिनकाजी श्रेष्ठले गरेका छन् । उद्घाटन कार्यक्रममा जिल्ला स्थित काँग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति राजु थापाको सभापतित्वमा शुरु भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली काँग्रेसका नेता भोजराज अर्याल, गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, संघिय सांसद मोहोन पाण्डे, गण्डकी प्रदेश सदस्य कविता तिवारी, कुमबहादुर गुरुङ, ध्रुवशर्मा पंगेनी लगायत जिल्ला, क्षेत्र, प्रदेश, पालिका तथा वडा सभापति तथा पदाधिकारीहरुको सहभागीता रहेको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ ।
काँग्रेस स्याङ्जाले आज शुरु भएको कार्यक्रम टोल, वडा तहसम्म पुग्नेगरी गर्ने जनाएको छ । आगामी संघ, प्रदेशको निर्वाचनलाई लक्षित गरेर केन्द्रीय समितिले निर्देन गरेको कार्यक्रमलाई सफल बनाउन र काँग्रेसलाइृ बिजयी बनाउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । शुभारम्भको कार्यक्रमलाई नेपाली काँग्रेस स्याङ्जाका उपसभापति केदार काफ्लेले स्वागत गरेका छन् ।
प्रतिक्रिया