स्याङ्जा काँग्रेसले खटायो ११ पालिकामा प्रतिनिधि
प्रकाश डोटेल,
स्याङ्जा ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै स्याङ्जा काँग्रेसले प्रतिनिधि खटाएको छ । ‘जनताको साथमा काँग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउन काँग्रेस स्याङ्जाले जिल्लाका ११ स्थानीय पालिकाका लागि प्रतिनिधि खटाएको हो । नेपाली काँग्रेसको निर्वाचन लक्षित केन्द्रिय अभियानलाई सार्थक बनाउन पालिका स्तरमा प्रतिनिधि खटाएको काँग्रेस स्याङ्जा प्रबक्ता भरतप्रसाद लम्सालले जानकारी दिए । खटिएका प्रतिनिधिले पालिका तहमा ‘जनताको साथमा काँग्रेस’ अभियानलाई मतदाताको घरदैलोमै पु¥याउने छन् ।
जिल्लाका ११ पालिका मध्ये काँग्रेस स्याङ्जाको बैठकले नगरपालिका तर्फ पुतलीबजारमा महाधिबेशन प्रतिनिधि प्रेमराज पौडेल, भीरकोटमा युवा नेता अर्जुनप्रकाश अर्याल, वालिङमा जिल्ला उपसभापति शेरबहादुर थापा, गल्याङ्मा युवा बौद्धिक नेता युवराज पाण्डे र चापाकोटमा महाधिबेशन प्रतिनिधि महेन्द्र श्रेष्ठलाई खटाएको छ ।
काँग्रेस स्याङ्जाले दिएको जानकारी अनुसार गाउँपालितका तर्फ फेदीखोलामा धु्रर्बबन्धु पौडेल, आँधीखोलामा तारा मल्ल, अर्जुनचौपारीमा गोबिन्द्रबहादुर रानाभाट, बिरुवामा देबेन्द्र गुरुङ, हरिनासमा डोलबहादुर खड्का, र कालिगण्डकीमा शिबकुमार गिरीलाई खटाएको छ । पालिका स्तरमा खटिएका जिल्ला प्रतिनिधिले वडा वडामा काँग्रेस कार्यकर्ताको भेला गरी निर्वाचन लक्षित रणनीति तयार गर्ने छन् । लक्षित रणनीति अनुरुप निर्वाचनमा कार्यकर्ताले मतदाताको घरघरमा पुगेर ‘जनताको साथमा काँग्रेस’ भन्ने अभियानलाई सार्थक बनाउने लक्ष्य राखिएको स्याङ्जा काँग्रेसले जनाएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिले स्याङ्जामा चिनकाजी श्रेष्ठलाई प्रतिनिधिको रुपमा खटाएको छ ।
प्रतिक्रिया