बेथितीको अन्त्य गर्नु हाम्रो दायित्व हो ः नगरप्रमुख खाँण

वालिङ ।

वालिङ नगरप्रमुख कृष्ण खाँंणले राष्ट्रिय स्तरमा रहेको वालिङको साखलाई जोगाउँदै समृद्ध नगर विकास गर्ने दायित्व हामी सगँ रहेको बताएका छन् । बुधबार पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै नगरप्रमुख खांणले भने, ‘वालिङको छविलाई जोगाउँदै थप विकास गरी यो छविलाई अझ उचो बनाउने दायित्व हामीमा छ ।’ संस्थापक जनप्रतिनिधिदेखि निर्वतमान जनप्रतिनिधिलगायतको टिमले गर्दा नगरपालिका यहाँसम्म आईपुगेको हो । उहाँहरुलाईप्रति हामी आभारी छौँ खाँणले पत्रकारहरु सगँ भने । नगरभित्र देखिएका बेथितीलाई हामी सबै मिलेर अन्त्य गर्नुपर्नेमा खाँणले जोड दिए । सुशासन कायम हुनुपर्छ उनले भने,‘अनुशासन, आफ्नो दायीत्व, कर्तव्य कसैलेपनि भुल्न हुदैन ।’ आफैबाट सुशासन शुरु गरिएन भने समाज र नगर धमिलो बन्ने छ उनले भने ।

सरसफाई लगायत कार्यसम्पादनमा पुरस्कृत हुन सफल नगरपालिकाका सुक्ष्म रुपमा रहेका समस्या पहिचान गरी यहाँका धार्मिक तथा पर्यटकीय संभावनाहरुको खोजी गरी नमुना नगरपालिका बनाउने नगरप्रमुख खांणले बताए । संभावना भएका स्थानहरुमा विज्ञहरुको सल्लाह लिएर वालिङमा चेक ड्याम बनाउने, बजार व्यवस्थित बनाउँदै ग्रामिण भेगका मुल सडकहरुलाई नाला बनाएर ग्राभेल गरी दुर्घटना हुँनबाट जोगाउने र बाहै्रमहिना ओहोरदोहोर गर्न मिल्ने बनाउने नगरप्रमुख खांणले बताए ।

जनप्रतिनिधि सबैको साझा रहेको भन्दै संकुचित सोँचलाई त्यागेर सोँच फराकिलो बनाएर काम गर्ने दायित्व जनप्रतिनिधिको रहेको खाँणको भनाई थियो । नगरका सम्बन्धीत पक्षलाई समेटेर नगरको विकासमा लाग्ने भन्दै अव्यवस्थित पार्किङ, अव्यवस्थित तारहरुले नगरको सुन्दरतालाई असर गरेकाले त्यसलाई तुरुन्त व्यवस्थपन गर्र्न निर्देशन दिईसकिएको बताए । अनावश्यक प्रयोग नभएका तारहरु हटाउन र आवश्यक तारहरुको सहि व्यवस्थापन गर्न केलब, इन्टरनेट, टेलिकमलाई निर्देशन दिइसकिएको प्रमुख खांणले बताए ।

पत्रकार समाजको आँखा भएकाले पत्रकारको सुझाव र सल्लाह अनुसार नगरका बेतिथिहरुलाई अन्य गर्ने उनले बताए । पत्रकार समाजको दृष्टि हो खाँणले भने,‘पत्रकारले नागरिकलाई सहि सुचना संम्पे्रशण गर्दै सुसुचित बनाउन मद्दत गर्नुहुन्छ ।’ पत्रकार, पुर्वजनप्रतिनिधिहरु,बुद्धिजिवी, राजनितिक दल, नागरिक समाज, कर्मचारीलगायतको सहकार्यमा नगरको दु्रत र दिर्घकालिन विकास गर्न सकिन्छ खाँणले भने ।
पत्रकारले नै सहि गलत मार्ग निर्देशन गर्न सक्ने र जनप्रतिनिधिलाई सचेत बनाउन सक्ने भन्दै पत्रकारहरुको सल्लाहअनुसार अगाडि बढ्ने प्रमुख खांणले बताए । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार जहिलेपनि जनप्रतिनिधिको प्रतिपक्षी र जनताको पक्षमा हुने भन्दै राम्रा काममा पत्रकारको साथ सँधै हुने बताए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका अनुशासन आयोगका केन्द्रिय सदस्य मुक्ति न्यौपाने, नेपाल प्रेस युनियनका जिल्ला सभापति प्रदिप कोईरालालगायत पत्रकारहरुले नगरका धार्मिक तथा पर्यटकीय संभावनाहरुका बारेमा जानकारी गराउँदै आँधीखोला संरक्षण, सार्वजानिक सम्पत्तिको पहिचान तथा संरक्षण, शैक्षिक क्षेत्रलाई राजनितिकबाट मुक्त गरी अगाडि बढ्न, सरकारी कार्यालयहरुका बेतिथि अन्त्य गर्न, सिद्धार्थ राजमार्ग चौडा गर्ने विषय, पार्किङ स्थललगायतका विषयमा आ–आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया