वालिङमा लियो मिनि म्याराथुन प्रतियोगिता हुने

वालिङ ।

स्याङ्जाको वालिङमा लियो मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । लियो क्लब अफ वालिङले आयोजना गरेको उक्त प्रतियोगिता यही असोज ८ गते हुने शनिबार वालिङमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । खेलकुदको माध्यमबाट सामाजिक विकास र पर्यटनमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

देशभरका ३०० भन्दा बढी धावक सहभागी हुने पत्रकार सम्मेलन मार्फत जनाइएको छ । प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल संचालन हुँदै आएको स्याङ्जामा यस वर्ष पनि मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । १९.२ किलोमिटरको धावनमार्ग सिद्धार्थ राजमार्ग र भित्री सडक खण्डलाई प्रयोग गरिने लियो क्लब ३२५ एम नेपालका डिष्ट्रिक्ट सेक्रेटरी दिक्षान्त प्रताप खाँणले जानकारी दिए । प्रतियोगिताका लागी युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, वालिङ, भीरकोट, गल्याङ र चापाकोट नगरपालिका र अन्य संघसंस्थाहरुले सहयोग गरेका छन् ।

भीरकोट नगरपालिकाको गेटबाट सुरु हुने प्रतियोगिता सिद्धार्थ राजमार्ग हुँदै त्रियाशी, खहरे, रामबाच्छा बाँसघारी, अर्मादी हुँदै कालीमार्टी, मिर्दि, भिमटारी, विपिचोक, धाराको चौर हुँदै वालिङ मोड, राजमार्ग हुँदै मदीखोला, भुम्रेचोक, हस्पिटल चोक, कटरहबोट विपलबोट, भिआईपि टोल भई पतञ्जलीमा निस्केर आँधीखोला करिडोरा हुँदै शितलनगर, जैशिपँधेरा, पेट्रोलपम्पबाट माथि उक्लेर नगरपालिका प्रांगणमा पुगेर म्याराथुनको समापन हुनेछ ।

प्रतियोगितामा प्रथम, द्धितीय,तृतीय र सान्तवना हुने प्रतियोगिले क्रमशः ३० हजार, २० हजार, १० हजार, र ४ हजार नगद प्राप्त गर्नेछन् । द्धितीय पुरस्कारको राशी गरिमा विकास बैंकले सौजन्य गरेको छ । प्रतियोगितामा दसौँ स्थान सम्म हाँसिल गर्ने खेलाडिले समेत नगद तथा प्रामण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागी ५ लाख ५४ हजार खर्च लाग्ने आयोजकले जनाएको छ भने ६ लाख ४० हजार आम्दानी भई ८६ हजार वचत हुने जनाईएको छ । प्रतियोगिताबाट भएको बचतले सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गरिने क्लबका ३२५ एम नेपालका डिष्ट्रिक्ट सेक्रेटरी खाँणले बताए ।

प्रतियोगिताको लागि सुरक्षा, स्तरीय होटल तथा पुर्वाधारको तयारी तीव्र रुपमा भैरहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएकोे छ । जिल्लालाई चिनाउन यस्ता कार्यक्रम प्रत्येक बर्ष विभिन्न संघ संस्थाले गर्ने गरेको पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले बताए ।

स्याङ्जाको प्रचार प्रसार गर्नको लागी प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लीङ जस्ता सहासिक खेलहरु यहाँका विभिन्न संघसंस्थाहरुले हरेक वर्ष गर्दै आईरहेका छन् । १८ देखि ३० वर्षसम्मका युवा समहुहरुको संस्था लियो क्लब अफ वालिङ २०७६ सालमा स्थापना भएको हो । क्लबले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आईरहेको छ ।

प्रतियोगिताका लागी मुल आयोजक समिति तथा विभिन्न उपसमितिहरु समेत बनाएर तयारीलाई तिव्र पारिएको क्लबले जनाएको छ । कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष प्रज्वल रनपालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव किशोर बस्याल र प्रतियोगितका बारेमा जानकारी संयोजक हरि रेग्मीले गराएका थिए ।

प्रतिक्रिया