श्रीमती हत्यागर्ने श्रीमान पक्राउ

वालिङ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका ८ मा श्रीमानले श्रीमतीलाई कुटेर मारेका छन् । सो ठाँउका बर्ष ४० को गोपाल दमैले आफ्नी ४२ बर्षिय श्रीमती मञ्जु दमाईलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रबक्ता रविन्द्र खनालका अनुसार दिउसो गोपाल दमैले श्रीमतीलाई कुटपिटबाट टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी मञ्जुलाई उपचारकै क्रममा मृत्यु भएको जनाएका छन् । घाईते भएकी मञ्जुलाई स्याङ्जा अस्पतालमा उपचार गराउदा उपचार हुन नसकी मणिपाल अस्पताल पोखरा लगिएको थियो । उनको उपचारकै क्रममा पोखरामा निधन भएको प्रहरीले जनाएको छ ।

हत्या गरेको अभियोगमा गोपाल दमैलाई प्रहरीले पोखराबाट पक्राउ गरी जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको प्हरीले जनाएको छ । दमैले हत्या गर्नकै लागि कुटपिट गरेका हुन् वा सामान्य झगडामा कुटपिट गर्दा निधन भयो भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन ।

प्रतिक्रिया