समृद्धिको प्रमुख आधार शैक्षिक रुपान्तरण ः नगर प्रमुख भट्टराई

खगेन्द्र भण्डारी,
गल्याङ् ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले नगरको समृिद्धको प्रमुख आधार भनेको शिक्षा क्षेत्रमा गरिने रुपान्तरण भएको बताएका छन् । यसका लागि आफु र आफ्नो नगरपालिकाको टिम शैक्षिक रुपान्तरणको खोजीमा लागेको बताएका हुन् । ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले साक्षर र शिक्षित नागरिकबाट जुन किसिमको समाजको परिकल्पना गरिएको छ त्यो समाज निर्माणका लागि नागरिक शिक्षित मात्र होइन चेतनाको स्तर र चारित्रिक रुपान्तरण नभइ सामाजिक रुपान्तरणको परिकल्पना सम्भव नहुने बताए । साथै उनले समृद्ध गल्याङ र समुन्नत नगरवासीको सपना लिएर आफु अघि बढिरहेको हुँदा त्यो सपना साकार पार्न सबैले सहयोग गर्न समेत अनुरोध गरे । शिक्षा बिनाको समाज अन्धकार हुनेछ भट्टराईले भने,‘निरक्षर समाज हटाउदै साक्षर समाजको बाटोमा नगरलाई हिडाउनु छ ।’ शिक्षाबाट बन्चित कोही नगरवासी नहुनभन्ने ध्येय हाम्रो छ उनले भने ।
नगरपालिकाको सभाहलमा शिक्षा दिवशको अवसर पारि आयोजित उक्त कार्यक्रममा शिक्षक प्रेम सुवेदी, जानकी माविका प्रध्यानाध्यापक लेखनाथ चापागाई, वडा नं ५ का वडाअध्यक्ष एवम् सामाजिक समितीका संयोजक घनश्याम भट्टराई, वडा नं ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, नगर शिक्षा समितीका सदस्य दर्वेन्द्रदेव खनाल, प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा लगायतले साक्षरताको महत्व र यसले पार्ने प्रभावका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगिहरुलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट शिक्षक, उत्कृष्ट प्रध्यानाध्यापक, उत्कृष्ट विद्यालय ब्यवस्थापन समिती तथा सेवा निवृत्त भएका शिक्षक एवम् शिक्षा क्षेत्रमा योगदान गर्ने विभिन्न व्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख केदार राज आचार्यको स्वागत संगै सुरु भएको थियो भने सञ्चालन शिक्षा शाखाका हिमलाल भण्डारीले गरेका थिए ।
प्रतिक्रिया