साक्षरता दिवसमा भीरकोटले गर्यो बिद्यार्थी सम्मान
भीरकोट ।
स्याङ्जामा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ भन्ने आदर्श वाक्य तय गरेको थियो । दिवसका अवसरमा बालमैत्री नगरपालिका भीरकोटले एसईई परीक्षमा नगरबाट सर्वाेत्कृष्ट अंक ल्याउने ५ जना बिद्यार्थीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बालोदय माविकी रीता अर्याल, कन्साइन्स माविका सलोन थापा र समिर परियार तथा भाग्योदय माविका सुशिल खनाल र प्रवेश अर्याल रहेका छन् ।
सोही अवसरमा नगरपालिकाले मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न गरेको छ । नगरमा संचालित १७ वटा मावि सहभागि प्रतियोगितामा बालोदय माविका प्रान्जल तिवारी प्रथम, भूपू सैनिक माविकी कृष्ण कुमारी खत्री द्धितिय, शहिदशुक्र माविकी सुजना खत्री तृतीय तथा महेन्द्रज्योती माविकी दिपिका थापाले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने बिद्यार्थीहरुलाई नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार तथा प्रमाणपत्र र अन्य पुरस्कार प्रदान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आयोजना गरेको साक्षरता दिवस कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले प्रदेश सरकारले सबै नागरिकहरुलाई न्यूनतम साक्षरताको अवसर प्रदान गर्ने र जीवन पर्यन्त सिकाइको आधार तयार गर्ने उद्देश्य राखेको बताएका छन् । शिक्षा क्षेत्रको विकासका लागि शिक्षण पेशामा संलग्न शिक्षकहरुले राजनीतिक गर्न हुदैन, यसले शिक्षण संस्था र शिक्षाको गुणस्तरमा असर गर्छ उनको भनाई थियो ।
शिक्षाको महत्वले मानव जिवनका सबै क्षेत्रमा असर गर्ने भएकाले यसलाई गुणस्तरिय र सर्वसुलभ वनाउन सबैको दायित्व उत्तिकै महत्वपुर्ण रहेको सभाका विशेष अतिथि पूर्व सांसद खगेन्द्रराज रेग्मीलेले बताए । सभामा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरको शैक्षिक अवस्थाको वारेमा विश्लेषणात्मक जानकारी गराएका थिए ।
शिक्षाको गुणस्तर राम्रो भएन शासन संचालकहरुले गरेनन, व्यवसयिक, वैज्ञानिक र जिवनोपयोगी शिक्षा सम्वन्धी ऐन नियम बनाइएन भनेर दोष लगाउने ठाउँ नगरपालिकालाई नरहको निबर्तमान नगरप्रमुख छायाराम खनालले बताए । बालमैत्री नगरपालिकामा सबैले आआफ्नो भुमिका इमान्दारीताका साथ निर्वाह गर्ने र श्रोत निर्माणमा जुट्न सके व्यवसायिक, वैज्ञानिक र जिवनोपयोगी शिक्षाको नाराले सार्थकता पाउँने खनालको तर्क थियो ।
शिक्षा क्षेत्रको विकास गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएकाले सोही अनुशार सबै लाग्नुपर्ने नगर उपप्रमुख भगवती रेग्मी अर्यालले बताईन् । शिक्षालाई कस्तो वनाउने भन्ने कुरा स्थानीय सरकारमा पनि भर पर्छ, सबै पोजेटिभ भई दिउँ, अनुसासित भएर काम गरौँ शिक्षालाई सुधार्न सकिन्छ अर्यालले भनिन् । सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेल, नगर प्रवक्ता दिपेन्द्र केसी, प्रज्ञा प्रतिष्ठानका सदस्य श्यामप्रसाद रेग्मी, दहथुम क्याम्पसका अध्यक्ष पिताम्बर श्रेष्ठ, भीरकोट उवासंघका अध्यक्ष जगदिश कोईराला, शिक्षा समिति सदस्य विष्णुमाया काफ्ले लगाएत पेसागत संघ संगठन र संस्थाका व्यक्तित्वाहरुले शुभकामना मन्तव्य दिएका थिए ।
यसैगरि जिल्लाको अर्जुनचौपारी गांउपालिकाले पनि दिवसको अवसरमा विभिन्न कार्यक्रम र बिद्यार्थी लक्षित प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । शिक्षण सेवामा उदाहरणिय कार्य गरेको भन्दै पालिकाबाट केही शिक्षकहरु पनि सम्मानीत भएका छन् । युनेस्कोले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाइएको भए पनि गत तीन वर्षअघि स्थगन भएको राष्ट्रिय शिक्षा दिवसको नयाँ मिति तर्जुमा गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया