एमाले स्याङ्जामा सांसदका लागि झण्डै ८ दर्जन आकांक्षी

स्याङ्जा ।
नेकपा एमाले स्याङ्जाले आसन्न संघीय तथा प्रादेशिक निर्वाचनका लागि ९२ जना सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र गण्डकी प्रदेशसभा निर्वाचनका लागि स्याङ्जामा बसेको क्षेत्रगत बैठकबाट सिफारिस भएर आएका आकांक्षी उम्मेदवारलाई गण्डकी प्रदेश समितिमा सिफारिस पठाएको एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए । अध्यक्ष गैह्रेका अनुसार, स्याङ्जाको २ निर्वाचन र ४ प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ४२ जना र समानुपातिकतर्फ ५० जना आकांक्षी छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. १ मा नारायणप्रसाद मरासीनी, मिनप्रसाद गुरुङ र प्रा.डा. गणेशमान गुरुङको नाम छ । मरासीनी प्रतिनिधिसभाका बहालवाला सांसद र गुरुङ् प्रदेशसभा सांसद हुन । प्रा.डा. गुरुङ केन्द्रीय सल्लाहकार हुन् । यसैगरी, समानुपातिकतर्फ सीता सुन्दास, ध्रुव अधिकारी, इस्लाम मिया र गुणाखर सापकोटा रहेका छन् ।

क्षेत्र नं. २ तर्फ पदमा अर्यालको मात्र नाम सिफारिस भएको छ । यसअघि किशोर बिक्रम मल्ल र मोहन रेग्मीले पनि नाम दर्ता गराएका थिए । मल्ल केन्द्रीय सदस्य हुन् भने रेग्मी प्रदेश सांसद हुन् । अर्याल पूर्वमन्त्री र नेकपा एमालेका सचिव हुन् । समानुपातिकतर्फ चक्रबहादुर पराजुली, मुक्तिप्रसाद पाठक र कुलबहादुर विकको नाम छ । प्रतिनिधिसभा १ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ १४ जना र समानुपातिकमा ६ जना छन् । प्रत्यक्षतर्फ दिपक लम्साल, चुनप्रसाद शर्मा, मनोरथ शर्मा, खिमानन्द सिग्देल, सन्तोष केसी, बिष्णुबहादुर चन्द, तारापती शर्मा, झनमाया पराजुली, दुर्गादत्त भुषाल, डिलकुमार भुजेल, प्रकाश थापा, यादवराज शर्मा, सगुन राना र रामचन्द्र रेग्मी हुन् ।

प्रदेश (ख) तर्फको प्रत्यक्षमा सुधिरकुमार पौडेल, यज्ञप्रसाद पौडेल, ई. ओम शर्मा, अर्जुनकुमार सुनाम, पुष्पराज बराल, अनन्तकुमार श्रेष्ठ, मोतीप्रसाद पौडेल, कमला मरासीनी, मनोज खड्का, अन्जनी सापकोटा र कृष्णबहादुर केसीगरी ११ जना आकांक्षी छन् । समानुपातिकतर्फ पनि १० जनाले इच्छा प्रकट गरेका छन् ।

प्रतिनिधिसभा २ को प्रदेशसभा (क) मा प्रत्यक्षतर्फ ९ जना र समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस गरिएको छ ।
प्रत्यक्षतर्फ मोहन रेग्मी, उदय श्रेष्ठ, ऋषिराम कडेल, पुण्यप्रसाद अर्याल, छवीलाल भुषाल, आनन्द पाठक, शोभाकान्त पौडेल, दामोदर तिवारी र गिरप्रसाद गुरुङ् छन् । प्रदेश (ख) को प्रत्यक्षतर्फ किशोरबिक्रम मल्ल, शोभियत ढकाल, बुद्धिमान श्रेष्ठ र टंक पाण्डेगरी ४ जना र समानुपातिकमा ११ जनाको नाम शिफारिस गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्य समिति स्याङजाले जनाएको छ ।

प्रतिक्रिया