माओवादी प्रदेश सल्लाहकारले दिए राजीनामा

स्याङ्जा ।
नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सल्लाहकार तथा पार्टीका प्रभावशाली नेताले पाटीबाट राजीनामा दिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका ६ स्थायी बासिन्दा नित्यानन्द तिवारीले पार्टी नेतृत्वको अदुरर्शीको कारण देखाउदै पाटीबाट राजीनामा दिएको जनाएका छन् । गण्डकी प्रदेश संयोजकलाई सम्बोधन गर्दै तिवारीले गत बैशाखमा भएको स्थानीयतहको निर्वाचनमा गठबन्धनको अस्थित्व जोगाउन नसकेको र मौन अवधीशुरु भएपछि आफ्नो असहमतिका विच काँग्रेसका उम्मेदवारलाई समर्थन गरेको आरोप राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मेरो असहमतिका बावजुद अन्तिम समयमा पत्रकार सम्मेलन गरियो उनले राजीनामा पत्रमा लेखेका छन्,‘मेरो अनुपस्थितीमा उम्मेदवार रोक्ने र धेरै वडाहरुमा सदस्य समेत नरहने गरी गरेको निर्णयले पार्टीलाई क्षती पुगेको छ ।’ स्थानीय पार्टीका निष्ठावान नेता तथा कार्यकर्तालेले देखाएको समर्थनलाई जिल्ला संयोजकले ठाडो हस्तक्षेप गरकोे उनले राजीनामा पत्रमा भनेका छन् । जिल्लामा रहेका पार्टी नेतृत्वका कारण सामाजिक अस्थित्वमा समेत प्रश्न चिन्ह्र खडा भएकाले पार्टीबाट राजीनामा दिई स्वतन्त्र बस्ने निर्णय समेत गरेको उनले बताएका छन् ।
पार्टीमा काम गर्ने उपयुक्त वातावरण नभएको भन्दै जिल्ला अध्यक्ष र संयोजकलाई उनले आरोप लगाउदै पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका छन् । नेकपा माओवादीमा रहेर उनले नगर इन्चार्ज हुदै जिल्ला सम्मको पार्टीमा काम गर्दै आएका थिए । वालिङ नगर समितिको अध्यक्ष भएर काम गरेका तिवारी सामाजिक व्याक्तित्वका रुपमा समेत परिचय बनाएका थिए । तिवारीले गण्डकी प्रदेशमा राजीनामा दिदै बोधार्थमा केन्द्रीय पार्टी कार्यालय, जिल्ला र नगरलाई समेत गरेका छन् । आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन आउदै गर्दा उनको राजीनामाले माओवादी स्याङ्जालाई ठुलो क्षती पुग्ने आकलन गरिएको छ । तिवारीको राजीनामाको बिषयमा अहिले सम्म माओवादी स्याङ्जाले कुनै धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया