गाउँमै स्वास्थ्य केन्द्र पुग्यो, सिस्नेपानीका स्थानिय हर्षित

स्याङ्जा ।
गाउँमै आधारभुत स्वास्थ्य केन्द्र पुगेसगै अर्जुनचौपारी १ सिस्नेपानी क्षेत्रका स्थानिय नागरिक हर्षित भएका छन् । साढे दुई बर्ष पहिला स्थापना भएर अर्जुन चौपारी बजारमा रहेको स्वास्थ्य केन्द्र पायक पर्ने सिस्नेपानी पुगेसगै हर्षित हुनुका साथै उत्साहित भएको मनकामना महिला कृषक समुहको अध्यक्ष रुपा घिमिरेले बताइन् । सामान्य ज्वरो आएर सिटामोल, घास काट्न जादाँ लागेका घाउँको उपचार गर्दा अर्जुनचौपारी, स्याङ्जा बजार, बयरघारी जानु पर्ने बाध्यताको अन्त्य भएको घिमिरेले बताइन् ।

गाउँमै आधारभुत स्वास्थ्य केन्द्र आएसगै घण्टौ लगाएर र आवश्यक भन्दा बढी रकम खर्चेर गरेर उपचार गर्नुपर्ने दुखको यहाँका नागरिकलाई अन्त्य भएको छ । स्वास्थ्य शाखाँ स्थपना भएसगै यहाँको साबिक अर्जुनचौपारी गाबिस १, २, ३ तथा पुतलीबजार नगरपालिका १३ का मैनीखामाका नागरिकलाई सहज हुने छ । घिमिरे जस्तै पुतलीबजार नगरपालिका १३ का वडा सदस्य सुर्य बहादुर रोकाले सक्षमले शहर बजार लगेर उपचार गर्न सक्ने भएपनि आधारभुत स्वास्थ्य केन्द्र स्थापना पश्चात गरिब र निमुखाले न्याय पाएको बताए ।

अर्जुनचौपारी २ को स्वास्थ्य केन्द्र बजारमा हुदा हुदै पनि पुर्वाग्रहको आधारमा बजारमै वडा नम्बर १ को आधारभुत केन्द्र राखिएको बताउदै स्थायिन समाजसेवी बोध नारायण रेग्मीले नयाँ जनप्रतिनिधी निर्वाचित भएसगै पुरानो माग अनुसार वडाको मनासिब ठाउँमा सेवा केन्द्र राखिएको बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले नागरिकको हितमा हुने गरी वडाको मध्य भागमा स्वास्थ्य सेवा केन्द्र सारिएको बताए । बिगतमा पाचै बर्ष जनप्रतिनिधीले राजनिती मात्र गरेका बताउदै तिवारीले आफ्नो कार्यकालमा पालिकाको हरेक क्षेत्रको बिकासमा कुनै कसर नराख्ने बताए ।

कार्यक्रमम उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रसासकिय अधिकृत उज्वल बहादुर बस्नेत, नेकाका जिल्ला सदस्य बोध नारायण रेग्मी, नेकपा एमालेका वडा अध्यक्ष मिन बहादुर खड्का, राप्रपा नेपालका भिम बहादुर गोदार, स्थायिन समाजसेवी तोय नारायण रिजाल लगायतले मन्तब्य राखेका थिए । मनकामना महिला कृष समुहको भवनमा स्थापना गरिएको आधारभुत स्वास्थ्य केन्द्रमा अहेब, अनमी र कास सहित तीन जना कर्मचारी रहने छन् ।

प्रतिक्रिया