स्याङ्जामा विश्व आत्महत्या दिवस मनाईयो
भवानी अधिकारी,
स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा आइतवार यहाँ आयोजित विश्व आत्महत्या रोकथाम दिवसमा बिबिध कार्यक्रमगरी मनाइएको छ । अन्र्तक्रिया एवं जनचेतनामूलक कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले परिवार, समाज, राज्यको सकारात्मक साथ र सहयोग भएमा आत्महत्या रोकथाम गर्न सकिने बताइन् । रोकथामका लागि ब्यवहारिक र कानूनी परामर्श दुबै आवश्यक पर्छ उनले भनिन् । जनचेतना र बिभिन्न संचार माध्यमबाट सबैलाई सूसूचित गराउन र अनुभव आदानप्रदान गरेमा पनि आत्महत्या जस्ता कार्यलाई रोकथाम गर्न सकिने उनको भनाई छ ।
कार्यक्रममा वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, सामुदायिक सेवा केन्द्र प्रगतीनगरका सचिव यज्ञप्रसाद पौडेल, जिल्ला अस्पताल प्रमुख मेडिकल सुपरिटेन्ड्न्ट डा. रमेश आचार्य लगायतले समुदाय र प्रहरी हातेमालो गर्दे अघि बढ्नु पर्ने बताए । प्रहरी नायब उपरीक्षक रविन्द्र खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी निरीक्षक पदमराज थापाले स्वागत एवं प्रहरी निरीक्षक अर्जुन विकले संचालन गरेका थिए । यसैगरी, प्रहरी कार्यालय स्याङ्जामा सबैभन्दा बढी आत्महत्या सम्बन्धी मुद्धा रहेको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार, आर्थिक बर्ष २०७६÷०७७ मा ६७ जनाले आत्महत्या भएका छन् । ती मध्ये २२ महिला र ४५ पुरुष छन् । आर्थिक बर्ष २०७७÷०७८ मा ३३ महिला र ५४ पुरुषगरी ८७ जनाले आतमहत्या गरे भने आर्थिक बर्ष २०७८÷०७९ मा ७६ जनामा २६ महिला र ५० पुरुषले आत्महत्या गरेका छन् । चालु आर्थिक बर्षको २ महिनाभित्र पनि १४ जनाले आत्महत्या गरेको छन् । ती मध्ये ७ जना महिला र ७ पुरुष छन् । आत्महत्या गर्नुका कारणका नैराश्यता, गरिवी, दिर्घरोगी, पारिवारिक बेमेल, मानसिक रोग, गोप्य सम्बन्ध उजागर, आर्थिक हिनामिना लगायत अनुसन्धानका क्रममा देखिएको प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए ।
हरेक बर्ष सेप्टेम्बर १० मा मनाइएने विश्व आत्महत्या रोकथाम दिवस यसबर्ष वेलायतका महारानी एलिजावेथको निधनका कारण रोकिएपछि गृहमन्त्रालयले (आइतवार) का लागि मनाउने निर्देशन भए बमोजिम यहाँ मनाइएको प्रहरीले जनाएको छ । दिवसमा जनपद, सशस्त्र, सेना, नागरिक समाज, बिद्यार्थी, शिक्षक, जनप्रतिनिधी, ब्यवसायी, कार्यालय प्रमुख सहितको समूहले सदरमुकामका मुख्य बजारको परिक्रमा गरेर सिटीहलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
प्रतिक्रिया